जातीय विभेद मुक्त जिल्ला वनाउने प्रतिवद्धता



कालीवहादुर मल्ल, कालिकोट ।
जातीय भेदभाव तथा छुवाछुत मुक्त जिल्ला वनाउनका लागि यहाँ आयोजित एक कार्यक्रमका सहभागी प्रतिवद्ध भएका छन् ।

नेपाल राष्ट्रिय दलित कल्याण संघ एनएनडियसडब्लुओले बुधबार जिल्ला सदरमुकामा मान्ममा आयोजना गरेको जिल्ला स्तरिय अबिभेद सम्वन्धि कानूनी खाकाको कार्यन्वयन अवस्था सुधारका उपाँयका सम्वन्धमा जिल्ला स्थारिय सरोकारवाला विच सम्वाद कार्यक्रमका सहभागिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही,खाडाचक्र नगरपालिका प्रमुख जशिप्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्की,नेकपाका नेता रमेश शाही, कंग्रेका नेता नन्दवहादुर शाही,जिल्ला प्रहरी प्रमुख डिएस्पी बिनोद शार्मा, लगाएतका सहभागिहरुले जिल्लालाई जातीय छुवाछुत मुक्त वनाउने प्रतिवद्धता व्यक्त गरे ।

सम्वाद कार्यक्रमा छलफल पछि जिल्लामा हालसम्म पनि जातीय विभेद कायम रहेकाले कालिकोट जिल्लालाई छुवाछुत मुक्त जिल्ला घोषणा गर्न पहल गर्ने,जिल्लामा विद्यमान जातीय विभेद तथा छुवातका घटनाहरु कानूनी निकायसम्म पुग्न नसकेको अवस्थामा घटनाहरुको उजागर तथा सम्वन्धित निकायसम्म पुगाउनका लागि सवै सरोकारवालाहरुले पहल गर्ने प्रतिवद्धता जनाइएको छ ।

यस्तै हालसम्म पनि धार्मिक मठ मन्दिर, तिर्थ स्थलहरुमा जातीय विभेद कायम रहेकोले यसको अन्त्यका लागि पहल गर्ने र जिल्ला प्रहरी कार्यालयमा आउने जातीय विभेद,महिला हिंसाका घटनाहरुमा प्रहरी प्रशासनलाई कुनै राजनीति दल,स्थानीय जनप्रतिनीधिहरुले दबाव श्रृजना नगर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्