बाटो थुनिँदा स्थानीय दुःखी



सलिम अन्सारी,प्यूठान ।

मोटरबाटो रोकेर सबस्टेशन निर्माण गरिए पछि स्थानीय दुखी बनेका छन। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अर्घाखाँचीले चलिरहेको सडक अबरुद्ध हुने गरि सबस्टेशन बनाएपछि स्थानीय दुखी बनेका हुन्। प्युठानको झिमरुक गाउँपालिका–१ का अध्यक्ष धुर्वराज खनालले सडक अबरुद्ध हुनेगरि सबस्टेशन निर्माण गर्न पर्खाल उठाइएको बताए ।‘भइसकेको विकास रोकेर स्टेशन बनाउनु राम्रो भएन’ उनले भने, ‘सबस्टेशन बनाउनु हुँदैन् भन्ने होइन’, ‘सिंगो गाउँलाई असरपर्ने गरी बाटो रोकिएको छ।’

सम्बन्धित निकायले सबस्टेशनको अन्य संरचना निर्माण नहुँदै यस विषयमा निकास खोज्न उनले आग्रह गरे। विकास निर्माणमा सबै जिल्लाका स्थानीयसँग समन्वय गर्नसमेत उनले सम्वन्धित निकायलाई सुझाव दिए।प्राधिकरणले प्यूठान, अर्घाखाँची र गुल्मीको सिमाक्षेत्र मालारानी गाउँपालिका–६ मेलपानीमा स्टेशन निर्माण गरेको छ।

छोटो दुरीमै अर्घाखाँची पुग्न तीनवर्ष अघि तालेघर–भुजेलवास मेलपानी अर्घाखाँची सडक निर्माण गरिएको थियो। सडक निर्माणले झिमरुक गाउँपालिका–१ स्थित फुर्सेधारा, गहतेरा, तिरजले, तालेघर, भुजेलवास र डाँडाघरलगायतका झण्डै डेढसय घरधुरीलाई छिमेकी जिल्ला अर्घाखाँची पुग्न सहज भएको थियो। सौतामारे छेडाहुँदै घुमेर पुग्नुपर्ने बाध्यता टरेको थियो। बाटो अवरुद्ध भएपछि स्थानीय निराश बनेका छन्।

सबस्टेशन निर्माण परियोजना प्रमुख इञ्जिनियर प्रकाश राउतले सडक निर्माण नहुँदै स्टेशनका लागि जग्गा खरिद गरिएको बताए। जग्गा पहिलै खरिद भैसकेको थियो खनालले भने ‘प्राधिकरणले जग्गा लिएपछि स्थानीयले मोटरबाटो खनेका हुन, यसमा हाम्रो केही दोष छैन्।’

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अर्घाखाँचीका प्रमुख बिरमान राजकोटीले यस विषयमा सबै जानकारी परियोजना प्रमुख राउतलाई भएको प्रतिक्रिया दिए। तीन जिल्लालाई लक्षित गरी ३३र११ केभीको सबस्टेशन निर्माण गर्न थालिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्