ओभिया र यकिनले जिते उपाधि



नेपाल किड्स फेसन रनवे–२०१८ मा ब्वाइजतर्फ यकिन अर्याल र गल्र्सतर्फ ओभिया भण्डारी विजेता भएका छन्। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधिको साथमा भ्युअर्स च्वाइस अवार्ड र बेस्ट डान्सरको पुरस्कारसमेत जितिन्। त्यसै गरी यकिनले बेस्ट ट्यालेन्ट पनि जिते।

प्रतियोगितामा ब्वाइजतर्फ संस्कृत गिरी फस्ट र नमन मोदी सेकेन्ड रनर्सअप भए। गिरीले बेस्ट इनर्जेटिक तथा नमनले भ्युअर्ज च्वाइस र बेस्ट ड्रेसको अवार्ड पनि पाए। गल्र्सतर्फ भने सिम्रन प्रसाईं मस्ट एट्र्याक्टिभसँगै फूट र स्लेसा शाक्य सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा जम्मा ३२ जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेताहरूले अब विदेशमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्पर्धा गर्ने आयोजकले जनाएका छन्। प्रतियोगितामा गायक पुन्यम प्रधान, कलाकार यमन श्रेष्ठ, सुनीता ठाकुर श्रेष्ठ र सिनेमाटोग्राफर लुःजः सिंह थिए।

प्रतिक्रिया दिनुहोस्