भेडीखर्के साइँला शालिकमा



लमजुङ, (नेस)। लमजुङमा ठाडोभाका शिरोमणि स्व. भेडीखर्के साइँलाको शालिक निर्माण गरिएको छ। लमजुङ सुन्दरबजार नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा उनको शालिक निर्माण गरिएको हो।

शालिकको राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई ‘व्याकुल माइला’ ले एक समारोहका बीच अनावरण गरे। उनले लमजुङको मौलिक लोकलयमा आधारित ठाडोभाका गीतको संरक्षणमा साइँलाको उच्च योगदान रहेको चर्चा गरे। भेडीखर्के साइँला समृति प्रतिष्ठान लमजुङका अध्यक्ष शमशेरबहादुर लौडारीले भेडीखर्के आजीवन ठाडोभाका संरक्षणमा लागेका कारण उनको योगदानको कदर गर्नुका साथै उनको सम्मान र सम्झनाका लागि शालिक अनावरण गरिएको बताए। प्रतिष्ठानको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा संघ–संस्थाको सहयोगमा शालिक निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्