ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई र चन्द्रागिरिमा छुट



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक . र चन्द्रागिरि हिल्सबीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रमशाहले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट९, प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोटस्थित काउन्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्