इन्डोनेसिया: मर्ने १२ सय नाघ्यो



जाकार्ता (एजेन्सी)
इन्डोनेसियाको विपद ब्यवस्थापन विभागले देशमा आएको विनाशकारी भुकम्प र सुनामीमा मर्नेको संख्या १ हजार २ सय नाघेको छ । मंगलबार जारी गरिएको ताजा आंकडानमा उक्त संख्या पुष्टि गरिएको छ । शुक्रबार सुलावेसी प्रान्तमा ७ दशमलव ५ म्याग्निच्युडको भुकम्प आएको थियो, त्यपछि तटवर्ती क्षेत्र पालुमा डरलाग्दो सुनामी आएको थियो ।

यस विपत्तीले कम्तिमा ६० हजार घरबार विहिन भएका छन् । एक चर्चमा ३४ इन्डोनेसियाली विद्यार्थीको शव प्राप्त भएको र उनीहरु सामुहिक अन्त्यष्टी गरिएको बताइएको छ । अधिकारीहरुले ८६ छात्रछात्राको एक समुह बेपत्ता भएको बताइरहेकोमा उनीहरुको शव प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्