चितवन र एपीएफ फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाईगर्स र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् ।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार सम्पन्न सेमिफाइनल खेलमा चितवनले नेपाल पुलिस क्लबलाई हरायो । अर्को सेमिफाइनल खेलमा एपीएफले न्यू डायमण्ड क्लबलाई पराजित ग¥यो ।

चितवनले पुलिसको चुनौती ३–० कै सीधा सेटमा पन्छायो । पहिलो र दोस्रो सेटमा २५–११ र २५–१४ ले गुमाएको पुलिसले तेस्रो सेटमा भने मेहनत ग¥यो । पुलिसले १९–१५ ले अग्रता लिएर सेट जित्न अग्रसर भएको थियो । तर चितवनले लगातार अंक जोडेर सो सेटमा २४–१९ को अग्रता लियो । पुलिसले फेरि २४–२३ सम्म पु¥याएर चितवनलाई कडा टक्कर पनि दियो । अन्ततः सो सेट २५–२३ ले चितवनले हात पार्दै फाइनलको यात्रा तय ग¥यो ।

अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्डलाई ३–० कै सेटमा हरायो । यो खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । पहिलो सेटमा २५–२२ को जित निकालेको एपीएफले दोस्रो सेट २६–२४ ले जित्यो । तेस्रो सेटमा २५–२३ को जित निकाल्दै एपीएफले चितवनसँगको भिडन्त पक्का बनायो ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्