मेसीलाई सन्यास लिन म्याराडोनाको सुझाव



??????????????????????????????

लन्डन, (एजेन्सी)
अर्जेन्टिनाका खेलाडी लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिनुपर्ने पूर्वप्रशिक्षक डिएगो म्यारोडोनाले बताएका छन् ।
यसअघि नै सन् २०१६ मा सन्यासको घोषणा गरेका मेसीलाई म्यारोडोनाले फेरि सन्यास लिन सुझाव दिएका हुन् । मेसीलाई राष्ट्रिय टोलीबाट नखेल्न आग्रह गर्दै म्यारोडोनाले भने,–‘फेरि फर्केर राष्ट्रिय टोलीमा नजाउ । सन्यास घोषणा गर ।’ हाल मेक्सिकन क्लब डोराडोसको प्रशिक्षण सम्हालेका म्यारोडोनाले अर्जेन्टिनाले हार्ने हरेक खेलको दोष मेसीलाई नै लाग्ने भएकाले सन्यास लिन सुझाव दिएका हुन् ।

रसियामा हालै सम्पन्न विश्वकपमा खराब प्रदर्शन गरेका मेसीले राष्ट्रिय टोलीबाट केही समयका लागि विश्राममा छन् । अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । कमजोर प्रदर्शनका कारण प्रशिक्षक जोर्जे साम्पोलीले पद त्यागेका थिए भने मेसीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण म्याच पनि खेलेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्