आठौं खेलकुद माघको अन्तिम सातामा हुने



काठमाडौं, (नेस)
नेपालगन्जमा मंसीरमा हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्ने पक्का भएको छ । नगरकोटमा दुई दिन बसेको राखेपको बैठकले ठोस निर्णय लिन सकेन । तर स्रोतका अनुसार प्रतियोगिता माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म आयोजना गर्ने प्रस्ताव भएको छ । यो प्रस्तावलाई अहिलेलाई थाती राखेर अर्को बैठकमा यस विषयमा छलफल गरिने पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्