चाडपर्वमा सुरक्षा कडा बनाइने



सरिता चलाउने, सल्यान
दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् । जिल्लाको शान्ती सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा ३ सय ६० प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरुलाई मध्यनजर राखि सार्वजनिक यातायातका साधनहरुमा आवस्यकता अनुसार सादा पोशाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने गरिने छ । सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जिल्लामा मूख्य नाकाहरुमा २४ सै घण्टा सवारी साधन तथा यात्रुको चेकजाचँ गरिने बताउनुभयो । उहाँले बजारक्षेत्रमा पिकेट, मोवाईल गस्ती, गस्ती, पैदल गस्ती २४ सैँ घन्टा परिचालन गरी सिसि क्यामेराबाट निगरानी गरिएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरी सहित प्रभावकारी चेकिङको ब्यबस्था मिलाईएको बताउदैँ ईलाका प्रहरी कार्यालय सितलपाटी, लुहाम, देवस्थल, थारमारे र प्रहरी चौकी कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिने बताउनुभयो ।

बिशेषगरी चाडबाडमाल बिभन्न अपराधिक घटना हुन सक्छन, त्यसैले सुरक्षा योजना कडा पारिएको छ, प्रहरी प्रमुख शाहीले भन्न भयो, जिल्लामा आवागमन र बहिरगमन हुने सिमा नाकाहरुमा २४ सै घण्टा प्रहरी टोली तैनाथ गरी सवारी साधन तथा यात्रुको चेकजाच गरिने र राजमार्गहरुमा कडा सुरक्षाको निगरानी गरिने डिएसपी शाहीले बताउनु भयो ।

चाडबाडमा जुवा, तास, आगजनी, अबैध मदिरा बिक्रि बितरण, अबान्छित गतिबिधिहरु हुन सक्ने स्थानहरुको पहिचान गरी निगरानी बढाई आबश्यक कारबाही गरिने मुख्य ब्यपारीक कारोबार हुने ठाउँ, बजारहरु, बैङक तथा आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसहरुमा प्रहरी परिचालन गरी सुरक्षा कडा पारीने प्रहरी निरीक्षक गिरिराज भण्डारीले बताउनु भयो । दशै तिहारका लागी भनेर रोजगारीको शिलशिलामा फर्किएका राजमार्गहरुमा लुटपाट हुन सक्ने घटनालाई मध्यनजर राखि आबश्यकता अनुसार सादा पोसाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्