सबै घटनालई राजनीतीकरण नगर



मुलुकमा लामो द्वन्द्व भयो । तत्कालीन द्वन्द्वमा राज्य र विद्रोही दुवै पक्षबाट विभिन्न खालका घटनाहरु घटे । कतिपय घटना परिस्थितिका आधारमा घटेका थिए भने कतिपय घटना जानाजान तरिकाले घटाइएका थिए । कतिपय घटना जघन्य अपराधका रुपमा व्याख्या र विश्लेषण गरिएका छन् । यस्ता घटनाहरुलाई उच्च सहमतिका आधारमा टुंगोमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो ।

अहिले पनि अधिकारी दम्पतीको घटनालाई लिएर बेला–बेलामा चर्चा–परिचर्चा हुने गरेको छ । यति मात्र हैन, अन्य विभिन्न विषयहरुमा भएका आपराधिक क्रियाकलापहरुमा संलग्न व्यक्तिहरु राज्य पक्ष वा विद्रोही पक्षकाहरुलाई कारबाही गर्नुपर्ने भन्दै बेला–बेलामा आन्दोलन शुरु गरिएका पनि देखिन्छन् ।

शन्ति प्रक्रियापछि विभिन्न आयोगहरु निर्माण गरेर शान्ति स्थापनाका लागि पहलहरु पनि भएका छन् । दुवै पक्षका पीडित परिवारलाई राज्यले क्षतिपूर्तिको व्यवस्था गरेर कतिपय घटनाको समाधान गरेको पनि पाइन्छ । अब पनि सरकारले यस्ता विषयलाई गम्भीररुपमा उठान गरी उच्च तहको समझदारी कायम गरेर दिगो समाधान गर्नुपर्ने देखिन्छ ।
– राजु अर्याल, सीतापाइला ।

प्रतिक्रिया दिनुहोस्