बंगबन्धु गोल्डकपः नेपाल २–० ले पराजित



काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकपमा नेपाल ताजकिस्तानसँग दुई शून्य गोलान्तरले पराजित भएको छ । आज भएको पहिलो खेलमा गत संस्करणको च्याम्पियन नेपाल ताजकिस्तानसँग दुई शून्यले हारेको हो ।

पहिलो हाफमा एक शून्यले पछाडी परेको नेपाल दोस्रो हाफमा पनि सम्हालिएर खेल्न नसक्दा अर्को गोल खान पुग्यो । नेपालले गोल गर्ने केही सुन्दर अवसर पाए पनि त्यसलाइृ सदुपयोग गर्न सकेन । हिजोबाट शुरु भएको बंगबन्धु गोल्डकपमा बंगलादेशले भने विजयी शुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्