डा. कोजुको माया, साथ र सहयोगले पुनर्जीवन पाएँ



-माेतिराम तिमल्सिना, काभ्रे ।

विश्व मुटु दिवस नेपालमा पनि विभिन जनचेतनामँलक कार्यक्रमका साथ सरकारी तथा गैरसरकारी निकाय, अस्पताल, स्वास्थ्य केन्द्रहरुले मनाए। यसै अवसरमा दुईपटक मुटुको भल्ब फेरि पुनर्जीवन प्राप्त व्यक्ति सुमित्रा बुढाथोकीको कथाव्यथा अत्यन्तै मर्मस्पर्शी र जनचेतनाका लागि निकै महŒव बोकेको छ। विश्वव्यापीरूपमा जनचेतनाको अभावकै कारण मुटुरोगीको संख्यामा दिन दुई गुना रात चौगुना बढ्दै गएको अवस्थामा बुढाथोकीको जीवन कथाले आम मानवको प्रतिनिधित्व गरेको छ।

बुढाथोकी भन्नुहुन्छ– ४२ वर्षअघि साविक जिल्लाको अनेकोटे गाउँ विकास समितिमा मेरो जन्म भयो। मभन्दा पहिलो एक दाइ हुनुहुन्थ्यो। उहाँको १६ वर्षको उमेरमा निधन भयो। मेरा दुई भाइ र दुई बहिनी छन्। एक भाइ र एक बहिनीको जन्मने बित्तिकै मृत्यु भयो। म सानैदेखि निमोनियाको बिरामी रहेछु। उपचार अहिलेको जस्तो अस्पतालमा थिएन। गाउँघरमै फुक्ने, झारफुकपछि औषधिमुलो खाने गरेर निको पारिन्थ्यो। १३ वर्षको उमेरमा विवाह भएपछि केही वर्षपछि म थलिएँ।

मलाई घ्यार–घ्यार हुँदै खोकी लाग्न थाल्यो। बाल्यकालमा ज्वरो आएर निमोनियाँ हुने रहेछ। आमा र बुबाको त्यही विषयमा झगडा पर्दाे रहेछ। लामीडाँडामा रहेको वैद्य मेडिकलबाट ल्याएको औषधिले केही हदसम्म कम हुँदै गएछ। पटक–पटक मरेर बाँचेकी मेरो उमेर बढ्दै गयो। बुबाआमाले विद्यालय पठाउँदा पनि अध्ययन गर्न सकिन। १० वर्षको भएपछि बस्तुभाउ पाल्न सहयोग गर्ने र मेलापात जान सघाउन थाले। यो उमेरमा घाँस काट्ने, दाउरा ल्याउने, साथीहरुसँग बरालिने गर्दथ्यो। अंगेरी, गुराँसका पातहरु सल्काएर बिँडी बनाएर खाने गर्दथ्यौं। ख्याल–ख्यालमै चुरोट खाने बानी लाग्यो। हामी साथीहरु लुकी–लुकी चुरोट खान्थ्यौं। छिमेकमा एक जना ठँलोबुबा हुनुहुन्थ्यो। उहाँको छोरी र म सँगै मेलापात जाने गरेका थियौं।

१३ वर्षको उमेर हुँदै गर्दा गर्भको उमेरसमेत जोडेर १४ वर्षको बनाई ६ वर्ष जेठो केटासँग विवाह भयो। उहाँ पहिला पनि किसान हुनुुहुन्थ्यो। अहिले पनि किसान नै हुनुहुन्छ। जीवनका मोडहरु छोरी र बुहारीमा असाध्यै धेरै गाह्रो रहेछ। बिहान चाँडै उठ्नुपर्ने, घरमा सासु–ससुरादेखि सबैको हेर–विचार गर्नुपर्नेलगायतका कामहरुले बुहारी भएको अनुभँति हुन्थ्यो। विवाहको ४ वर्षपछि बिरामी भएँ। ससुराबुबाले जँचाउन अस्पताल लैजानुभयो। भक्तपुरको क्षयरोग अस्पतालमा पु¥याउँदा मलाई मुटुसम्बन्धी समस्या भएको जानकारी भयो। मुटुको समस्या भएकाले वैद्यको औषधि खाने निधो भयो। बनेपामा रहेको जुजुभाइकोमा पुग्यौं त्यहाँ ४५ दिन औषधि खानु भनिएको थियो। पैसा अभावका कारण ३ साता खाएर औषधि खान छाडिदिएँ।

विवाहको केही वर्षपछि जेठो छोरा जन्मियो। कान्छो छोरा म बिरामी भएको केही समयपछि जन्मियो। ऊ जन्मिएको ३ महिनामै पहिलोपटक अप्रेसन गरिएको थियो। बिरामी भएपछि सासँससुरा र देवरहरुसँग अलग बस्ने निर्णय गरें। आफ्नो जग्गा पनि धेरै थिएन। घर पनि थिएन। बुबा र आमा घरमा भन्दा धेरै माया गर्ने हुनुहुन्थ्यो। देवरहरु पनि सानै भएकाले पनि होला असाध्यै धेरै माया गर्नुहुन्थ्यो। अहिले पनि मलाई उहाँहरुले माया गर्नुहुन्छ। बिरामी भाउजुलाई धेरै काममा लगाउनुहुँदैन भन्दै सहजीकरण गरिदिनुभएको छ। उपचारमा पनि सहयोग गर्नुभएको छ। श्रीमान् असाध्यै सोझो हुनुहुन्छ। म बिरामी हुँदा पनि उहाँले सहयोग गरी नै रहनुभयो। छोराहरु बिस्तारै ठँला हुँदै गए। १८ वर्षको उमेरदेखि निरन्तर बिरामी भएको छु। एउटा छोराले अहिले सानो कपासको व्यवसायमा हात हालेको छ। घरमा आर्थिक अभाव र बिरामीकै कारण कान्छो छोरा पढ्न छाडेर घरै छाडेर हिँड्यो। कहिले आउँछ कहिले आउँदैन। जेठो छोराको विवाह गरिसक्या छ। अहिले नाति खेलाएर बसिरहेको छु। अरू काम गर्न नसके पनि घरमा पकाउने र बच्चा हेरिदिने काम गर्छु।

के हो त मुटुसम्बन्धी रोग ?
सानोमा निमोनियाँ धेरै भएको रहेछ। निमोनियाँकै कारण मैले धेरैपटक बुबाको कुटाइ खाएँ। ओछ्यानबाट बारीको पाटोमा पुगें। मरे भन्ने सोच थियो बुबाको। तर, पनि बाँचें। विवाह पनि भयो। बच्चा पनि जन्मियो। १८ वर्षकै उमेरमा बिरामी भएपछि ससुराबुबाले भक्तपुर लगेर जचाउनुभएपछि मुटुको भल्बमा समस्या भएको कुरा जानकारी भयो। बुबाले बनेपामा ल्याएर जुजुभाइकोमा जचाँएर वैद्यको औषधि खान थालें। केही समय खाएपछि त्यो पनि खान छाडिदिएँ। पछि अलि–अलि कम भयो। २१ वर्षको उमेरमा फेरि बल्झियो।

संकेत
हातगोडा गल्यो। रिंगटा चल्यो। कहिलेकाहीं ढल्न पनि थालें। चुरोट खान्छे टीबी भयो होला भनेर क्षयरोग अस्पताल भक्तपुर लग्नुभएको थियो। सानैदेखि लागेको बानी विवाह गरेपछि पनि गएन। बुबासँग पनि लुकेर खाइयो। घरमा आएपछि पनि खाइयो। सासँ–ससुरा, श्रीमान् सबै सँग पनि लुकेरै खाइयो। मेलापात जाँदा साथीहरुले देख्थे। श्रीमान्लाई अलि हेपियो। यति नै बेला म बिरामी परें। धुलिखेल अस्पतालमा मुटुको उपचार गर्ने डाक्टर राजेन्द्र कोजु आउनुभएको कुरा मेरो आफ्नै देबर शंकर बुढाथोकीलाई जानकारी भएछ। उहाँ पनि त्यही अस्पतालमा सेवा गर्नुहुन्थ्यो। उहाँले नै डाक्टरसँग भेट गराउनुभयो। उहाँले धेरै केयर गर्न थाल्नुभयो। मुटुको भल्बमा समस्या देखियो। फिँज उठेर आउँदा भल्ब बन्द हुँदोरहेछ। उहाँले दिएको औषधि खान थालेपछि केही समय आराम भयो। स्वाँ–स्वाँ हट्दै गयो। पछि फेरि म बेहोस् हुन थालें। जचाउन जाँदा अप्रेसन गर्नुपर्छ भन्नुभयो।

उपचारका लागि चन्दासमेत उठाइयो। स्थानीयहरुले पनि सहयोग गरे। अस्पतालले पनि सहयोग पु¥यायो। मुटुको भल्ब फेर्ने सल्लाह भयो। धुलिखेल अस्पतालमा भर्ना भएँ। डा. राजेन्द्र कोजुले मलाई उपचारका लागि असाध्यै धेरै सहयोग पु¥याउनुभयो। धुलिखेलबाट मलाई गंगालाल अस्पताल पु¥याइयो। शुरूमा मलाई निःशुल्क मुटुको भल्ब फेर्ने भनिएको थियो। अप्रेसन भोलि छ आज त्यो भल्बको पाइप सकिएछ। डा. कोजुले मलाई शुरूमा सुईमार्फत भल्ब खुलाउने प्रयास गर्नुभएको थियो। केही समय आराम भए पनि पछि भएन। उपचारकै लागि उहाँले नगद नै एक लाख दिनुभयो। कान्छो छोरा जन्मिएको ३ महिना मात्रै भएको थियो। मलाई कुन बेला अस्पताल पु¥याउनुपर्ने हो थाहा छैन। सबैले दुःख पाए। उहाँले दिनुभएको नगद एक लाख र अस्पतालको सहयोगले मुटुको भल्ब फेर्न धेरै सहज भयो। फेरि ५० हजार नगद पुगेन। पछि सहकारीबाट ऋण गरेर लगिएको रकमसमेत गरेर उपचार गरियो। एउटा गरिब व्यक्तिका लागि उपचार गर्न अस्पतालका डाक्टरले नगदसहित दिएर उपचार गराउनु कस्तो दानी मन ? म छक्क परें। मलाई डाक्टरले किन पुनर्जीवन दिने प्रयास गर्नुभयो ? उहाँले नियमित फलोअप गरेर मलाई बचाउनुको कारण के होला ? मानव भएर मानवकै लागि यति धेरै सेवा गर्ने मनहरु पनि हुन्छन् भन्ने लागेकै थिएन। स्वार्थी समाज, समयका अगाडि डा. राजेन्द्र कोजु भगवान् बनेर अगाडि आउनुभयो।

डा. कोजुकै सहयोगमा मलाई गंगालाल हृदयरोग केन्द्रमा पु¥याइयो। बच्चा सानो थियो, मैले संसार हेर्न पाउँदिन भन्ने ठँलो चिन्ता थियो। सबैलाई मायाँ मारेर बेडमा भर्ना भएको थिएँ। मलाई अप्रेसन गर्ने डा. भगवान् कोइराला हुनुहुँदो रहेछ। उहाँले मेरो नाम मात्रै भगवान् हो। हामी अप्रेसन गर्छाैं तपाईंलाई चाँहि भगवान्ले मात्रै बचाउनुहुन्छ तपाईंले भगवान्लाई सम्झनु भन्नुभयो। तिम्रो दिन भए बाँच्छौ नभए भन्न सकिँदैन भन्नुहुन्थ्यो। डाक्टरले नआत्तिकन बस्न अनुरोध गर्नुभयो। आफँसँग पैसा नभए पनि मुटु जस्तो संवेदनशील अंगको उपचार गर्न स्थानीय सहयोगीहरु, अस्पताल र धुलिखेल अस्पतालका डा. राजेन्द्र कोजुले असाध्यै धेरै सहयो गर्नुभयो। देवरहरु शंकर र गणेशले सहकारीबाट लिएको ऋण बिस्तारै पछि ति¥यौं। त्यहाँ अप्रेसन गरेर केही समयपछि मलाई धुलिखेल नै पठाइयो। डा. कोजुले घरमा अवस्था राम्रो छैन। यतै बस्नु भन्दै धुलिखेल अस्पतालमा एक महिना राखिदिनुभयो। घरमा स्याहार गर्ने मान्छे नभएकाले त्यो सुविधा उहाँले उपलब्ध गराउनुभएको थियो। उहाँले जीवन दिनुभयो म खुसी भएर निको भई घर फर्किएँ।

केही वर्ष राम्रोसँग काम गरें। पहिलाको जस्तो काम गर्न त सकिन। तर पनि समस्या भएन। मलाई घर परिवारबाट पनि सहयोग नै भयो। समस्या र संकट वा डर केही भएन। जीवन नयाँ भएपछि केही गर्नुपर्छ भन्ने सोचचाँहि आयो। सन्तानको हुकाइमा लागें। श्रीमान् खेतीपातीमा भए पनि मैले घरको काममा सहयोग पु¥याएँ। बच्चाहरुको रेखदेखसमेत गर्न सकेकाले सहज भयो। देबरहरु दुवैले सहयोग गरिरहनुभएको थियो। २०७४ मंसिर ५ गते फेरि समस्या बल्झियो। मुटुको भल्ब फेर्ने समयमा सफा गर्नुपर्छ भनिएको थियो। मनमोहन अस्पतालमा त्यसको काम गरियो। पछिल्लो समय मैले डा. कोजुलाई भेटेको छैन। उहाँलाई भेटेर केही कुरा शेयर गर्न मन थियो।

अहिले मलाई नियमित औषधि सेवन गर्नुपर्ने भएको छ। २२ दिनमा ३ हजार रुपियाँ लाग्छ। आम्दानीको स्रोत छैन। दोस्रोपटकको अप्रेसन गर्दाचाँहि मरियो भन्ठानेको थिएँ। दोस्रोपटक पनि बाँचें। कसको आशिर्वादले बाँचें थाहा छैन। काल आइपुगेको रहेनछ। उहाँहरुको सहयोगले २४ वर्षदेखि संसार देख्न पाइरहेको छु। अस्पतालले औषधिका लागि सहयोग पु¥याउन पाए हुन्थ्यो जस्तो लागिरहेको छ। डाक्टर कोजुलाई भेट्न पाएँ भने त्यही कुरा भन्छु र धन्यवाद दिन्छु। अहिले उहाँलाई भेट्नै सकिँदैन। म जस्ता थुप्रै व्यक्तिलाई उपचारमा उहाँले सहयोग पु¥याइरहनुभएको छ।

मुटुको भल्ब फेरेपछि केही असहज भए पनि गाह्रो छैन। खानपानमा ध्यान दिन भनिएको छ। चिल्लो भएका खानेकुराहरु, रातो मासु धरै नखानु भन्नुभएको छ। मुटु जोगाउने र मुटुको भल्ब जाम नगर्ने खालका खानेकुरामा जोड दिनुभएको छ। मैले डाक्टरको भनाइको पालना गर्ने गरेको छु। आफ्नो स्वास्थ्य समस्या नहुँदा जे–जे भयो भयो अहिले त्यस्तो छैन। मुटुरोगले छिया–छिया भएको शरीर र मुस्किलले बचेको एउटा टहरा पनि भँकम्पले भत्काएको छ। ५० हजार लिएर लाभग्राहीको सँचीमा परेको भए पनि घर बनाउन सकिएको छैन। घर बनाउन स्थानको अभाव छ। कमाएर खाने जमिन पनि छैन। समस्या नै समस्याले जेलिएको छ तर पनि मुटुको भल्ब दुईपटक फेर्दासमेत बाँचिरहेको छु। निमोनियाँ बिग्रँदा मुटु बिग्रने रहेछ। बाल्यकालदेखि नै मुटु बचाउन अन्य रोगहरुको समयमै उपचार गर्नुपर्ने रहेछ।
डाक्टरले भनेको जस्तै गरेको छु र खुसी अनि सुखी छु। गरिब भए पनि उपचार पाइँदो रहेछ। गरिबका पनि भगवान् जस्ता मान्छे रहेछन्। निमोनियाँको राम्रो उपचार भएको भए मुटुको समस्या आउँदैन थियो। डाक्टर कोजुको माया, साथ र सहयोगले मैले पुनर्जीवन पाएको छु।
धेरै धन्यवाद दिन चाहन्छु।

धुलिखेल अस्पताल, डाक्टर कोजु, डा. भगवान् कोइराला, गंगालाल अस्पताल, मनमोहन अस्पताल, देबरहरु शंकर र गणेश, स्थानीयहरु जसले चन्दा दिएर उपचार गराए सबैलाई सम्झन चाहन्छु। विशेष चाँहि डाक्टर कोजुलाई सम्झन चाहन्छु। मेरो जस्तो कसैलाई नपरोस्। समयमै उपचार पाएर निरोगी बनौं। रोग लाग्नुभन्दा लाग्नै नदिँदा राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्