हामी हावादारी



उदाहरण नै छ, पँर्वप्रम बाबुराम भट्टराईले देशको साँचो दिल्लीमा छ भन्दै शासन गरेका थिए। के यो साँच्चै हो त ? हामी हावादारी हौं भन्न डर मान्नुपर्दैन। डराई, रोइकराई, लुकिछिपी यसरी नेपाल आमाको असुरक्षित अवस्थालाई रमिते बन्दै कस्तो देशप्रेम गर्न चाहेको हो ? के यही हो देशभक्तिको भजन–कीर्तन ? जब देशकै साँचो अन्तै छ, रिमोटबाट देश चल्दै छ भन्दै देशका प्रशासकले यसरी शासन चलाउँदासम्म हामी देशवासीको चेतना आउँदैन भने अब के भनेर देशका बारेमा गौरव गर्नु ?

नेता, दलहरू स्वतः हावादारी छन्, तर हामी जनता पनि कुन ड्याङका मँला हौं त ? प्रश्न अति नै गम्भीर छ। यहाँ लेखक, विश्लेषक, मै हुँ भन्ने ठँलाबडा सबै छन् तर ती कहाँ छन् ? कुन दुलोमा छन् ? जबकि देशमा पराधीन शासन चलिरहेछ, दिल्लीमा देशको साँचो छ, जुन रिमोटबाट चल्दै छ। देश के यही हो ? यस्तै हुन्छ देशप्रेम र देशभक्ति ? तसर्थ कुनै पनि बहानामा यसरी हावादारी शासन नचलोस्, पराधीन शासन नचलोस्, अन्तै साँचो राखेर देश नहाँकियोस्। हामी हावादारी नबनौं।
– गणेश कार्की, साँखु, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्