न्यूरोड पाकोमा स्मार्ट टेलिकमको सेन्टर



काठमाडौं, (नेस)
स्मार्ट टेलिकमले न्यँरोडको पाकोमा सँेमबँर आफ्नो नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ ।
स्मार्ट सेन्टरबाट स्मार्टका ग्राहकले स्मार्टका सम्पँर्ण सेवा प्राप्त गर्न सक्ने छन् । यस सुविधा सम्पन्न सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी सहजै प्रदान गर्नुका साथै ग्राहकलाई आफ्नो ब्रान्ड एक्स्पेरियन्सको जीवन्त अनुभँति प्रदान गर्ने छ ।

स्मार्ट सेन्टरको उद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रमका सिलसिलामा राजभण्डारीले ग्राहकलाई सहज पहँुच एवम् कम्पनीको गुणस्तरीय सेवा प्रदान गर्नुन नै यस सेन्टरको प्रमुख ध्येय रहेको उल्लेख गर्नुभयो ।
स्मार्ट टेलिकमले हालै आफ्नो खुशीलाई डबल गर्नुहोस् भन्ने उद्देश्य सहित ‘डबल योर ह्याप्पिनेस’ भन्ने योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले ९९ मा स्मार्टको सिमकार्ड खरिद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्नुहुने छ र दुवै सिममा १ जिबी डाटा पनि उपलब्ध छ ।

त्यस्तै स्मार्टले आकर्षक दरमा डाटा प्याकहरु, अन्तर्राष्ट्रिय दुरसञ्चार सेवा, भ्वोइस तथा एसएमएस प्याक प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडांै तथा पोखरामा फोज जी सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्