कसले दिने न्याय ?



काठमाडौं भित्रिने–बाहिरने नाका सम्झने वित्तिकै सवारी चाप स्मरण भइहाल्छ । सवारीको संख्या धेरै भएपछि चाप बढ्नु स्वभाविक हो, तर सवारी आवागमन सहज बनाउन खटिने सुरक्षाकर्मी कै कारणले नाकामा सवारी व्यवस्थापन अस्तव्यस्त भइरहेको छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

सवारी चेकजाँच गर्न खटिएका ट्राफिकसहित अन्य प्रहरीले चालक अनि सवारी धनीसँग खुलेआम ‘दानापानी’ मोलमोलाई गर्ने, दानापानी नपाएसम्म सडकमै गाडी थान्को लाउने भएसी कसरी सवारी सहज हुन्छ र ? काठमाडौंको मुख्य नाका थानकोट–नागढुंगा मात्रै हो र, अन्य नाकाको हाल पनि उस्तै छ । दिउँसो ‘दानापानी कारोबार’ गर्न असहज भएर हो क्यार मध्यराती नाकामा गज्जबको रमिता देखिन्छ भन्या ।
सवारी ठप्प पार्दै निधक्क दानापानीको कारोबार गरेको देखियो आइतवार मध्यरात नागढुंगामा । मालवहाक र अन्य सवारीमा कति यात्रु छन्, माल समान के छ भन्ने चासो राख्ने भन्दा पनि कुन सवारीबाट कति दानापानी झार्न सकिन्छ भन्दै सुरक्षाकर्मी तछाड मछाडमा जुटेको देख्दा धरहरालाई उल्टै लाज लाग्यो । सुरक्षाकर्मीको त्यस्तो व्यवहारले रैछ मध्य रातमा पनि नागढुंगादेखि नौविसेसम्म सवारीको लाइन घन्टौसम्म हलचल गरेन ।

सुरक्षाकर्मीको व्यवहारबाट निकै उकुसमुकुस भएका एक यात्रुले उपत्यका ट्राफिक प्रमुख पन्तसँग कुरा गर्दा त जाम खुल्ला कि भन्दै सोझै हेलो हेलो पनि गरे । पाखुराभरी फुली भरेका पन्तले रुखो जवाफ फर्काउँदै भने–‘मलाई फोन गरेर हुन्छ, १०३मा फोन गर्नुस उसैले कार्वाही गर्छ ।’ यस्तो भएसी यात्रुले कोसँग न्याय माग्नु ?

प्रतिक्रिया दिनुहोस्