नाइजेरिया: कमान्डरको हत्या



कानो (एजेन्सी)
नाइजेरियाका सेना समक्ष आत्मसमर्पण गर्न र कम्तिमा ३ सय बन्धक सेनालाई सुम्पने योजना बनाएका बोकोहरामका एक कमान्डरको हत्या गरिएको छ । बोको हरामका आईएस सम्बद्ध धडेका अन्य कमान्डरले गोली हानी अली गागाको हत्या गरेको विशेष सुत्रले जानकारी दिएको जनाइएको छ । लेक चाड क्षेत्रमा उक्त अतिवादी संगठन विरुद्ध मोर्चाबन्दी गरिरहेका नाइजेरियाली सैनिक समक्ष आत्मसमर्पण गर्ने योजना बनाइरहेको भनक पाएपछि उनको हत्या भएको समाचारमा बताइएको छ । गागाले आतंकवादी संगठनद्वारा बन्धक बनाइएका ३ सय बन्धक रिहा गर्ने योजना पनि बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्