लागू औषधसहित दुई जना पक्राउ



लमजुङ ।
लमजुङमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना १६ वर्षका किशोर भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा शंका लागि उनीहरूको शरीर खानतलास गर्दा लागू औषध फेला परेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा बेसीशहर नगरपालिका– ७ बस्ने बर्ष २७ को मनोज गुरुङल र ऐऐ बस्ने बर्ष १६ को विकाश घले रेहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो । उहाँका अनुसार लमजुङ सुन्दरबजार नगरपालिका– ९ सिउँडीवार स्थित चेकपोष्टमा गाडी जाच्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरू डुम्रेबाट बेसीशहरतर्फ आफ्नो साथमा लुकाई छिपाई ल्याई रहेको अवस्थामा प्रहरी टोलीले चेक जाँच गर्दा पक्राउ परेका ढकालले बताउनु भयो ।

 

उहाँका अनुसार प्रहरीले मनोज गुरुङको साथबाट क्ष्लाबमय िक्याप्सुल– ७ सय, नगद रु. ११ हजार ३३०।– सिरिन्ज थान– १ बरामद गरेको छ । त्यस्तै, विकाश घलेको साथबाट सिरिन्ज थान– १ फोला परेपछि सोधपुछ गरी बेसीशहर नगरपालिका– ७ स्थित हाईस्कुल चोकमा रहेको मनोज गुरुङको कोठा खानतालसी गर्दा ल्ययउजष्ल थान– २५, एजभलभचनबल थान– २५ र क्जष्उबm थान– २५ फेलापारी प्रहरीले बरामद गरेको हो । उनीहरूका विरुद्धमा लागू औषध मुद्दा चलाउनका लागि लमजुङ जिल्ला अदालत समक्ष पेश गरी ६ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरी भनाई छ ।

प्रतिक्रिया दिनुहोस्