सल्यानका कृषि सडक अतिक्रमणको चपेटामा



सरिता चलाउने, सल्यान ।
सल्यान जिल्लाको पश्चिमी क्षेत्रमा निर्माण गरिएका कृषि सडकहरु अतिक्रमणको चपेटामा परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्रका स्थानीय कृषि सडक अतिक्रमणको चपेटामा बढी परेका हुन् । नगरपालिका भित्रका सम्पुर्ण स्थानीय कृषि सडकहरु स्थानीयले अतिक्रमण गरिरहेका छन । स्थानीयहरुले सडकको छेउछाउमा ढुङ्गा माटो निकाल्नुको साथै घर बनाउने काम गरिरहेका छन । जसका कारण सडक अतिक्रमण भएको छ ।

सल्लीबजार चौरजहारी सडक खण्डमा पनि दायाँबायाँ १५ मिटर छाडेर घर बनाउनु पर्नेमा सडकको मापदण्ड मिचेर घर बनाउने देखि जथाभावी ढुङ्गा, माटो निकाल्ने गरेका छन । यस्तै नगर भित्रका सेवाकेन्द्र च्युरा हुँदै काफलपानी, नाथेखोला—राउचे, देवस्थल—बामे, बालुवासग्रही—खलंगा लगाएत दर्जनौं सडकहरुमा स्थानीयले सडको मापदण्ड नै मिचेर घर बनाउने देखि ढुङ्गा माटो निकाल्ने गरेको नगरपालिकाका सव ओभरसियर नारायणजित रानाले जानकारी दिए ।

गाँउ गाउँमा सडक अनुगमनका क्रममा अधिकास सडकमा स्थानीयले घर बनाउने देखि ढुङ्गा निकाल्ने गरेको उनले बताए । सडक अतिक्रमणको चपेटामा छ, अहिले यहाँका ग्रामिण कृषि सडकहरुमा मोटरसाइकल सम्म जाने बाटो छैन् उनले भने । बर्षातका कारण सडक बिग्रीएको छ उनले थपे स्थानियले जथाभावी सडकको छेउघारीका ढुंगा, माटो निकाल्दा समस्या भएको हो ।

अहिले सडक मिचेर घर नबनाउन र ढुङ्गा ननिकाल्न अनुरोध गर्दा पनि स्थानीयले अटेरी गर्ने गरेका छन् । यसैबिच जथाभावी सडक बिगार्ने र भत्काउने काम तत्काल बन्द ५ नम्बर वडा कार्यालयले अनुरोध गरेको छ ।

जथाभावी रुपमा सडक अतिक्रमण गर्दा बिभिन्न दुर्घटनाहरु हुन सक्ने भएकाले यस्तो काम बन्द गर्न लागेको वडाअध्यक्ष कमल बिकले बताए । उनले जथाभावी सडक मिच्ने, बिगार्ने र भत्काउने काम तत्काल बन्द गरि सडक पुर्ण रूपमा सुचारु गर्ने सबैमा अनुरोध गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्