नीलको ५४औं शाखा सञ्चालनमा



चर्चित हेयर स्टाइलिस्ट नील डेविड कटवालको राजधानीमा ५४औं सलुन सञ्चालनमा आएको छ। काठमाडौंको सिटी सेन्टरस्थित तेस्रो तलामा सञ्चालनमा आएको उनको नयाँ शाखाको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच हास्य अभिनेता दीपकराज गिरी र अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलाले शुभारम्भ गरे।

सुलनको शुभारम्भ कार्यक्रममा अभिनेता दीपकराज गिरीले नाम नील भए पनि कटवालले हेयर स्टाइलको क्षेत्रमा दर्जनौं गोल गर्न सफल भएको चर्चा गरे भने निर्देशक तथा अभिनेतृ दीपाश्री निरौलाले नील मानिसलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएको चर्चा गरिन्। कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा मात्र नभएर विदेशमा समेत सक्रिय हुन सफल भएको उल्लेख गरे। नील डेविड्स इन्टरनेसनल युनिसेक्स सलुनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरूले सेवा प्रदान गर्ने नीलले बताए। ‘युवा–युवतीको लुक्स परिवर्तन गर्ने, उनीहरूलाई स्टाइलिस्ट तथा आकर्षक बनाउने हाम्रो एक मात्र उद्देश्य हो’, नीलले भने– ‘सबैलाई फेसनेवल देखिनका लागि सहयोग पुर्याउनु हाम्रो मुख्य लक्ष्य हो।’

नील डेविडको हेयर एन्ड ब्युटी सलुनका शाखाहरू नेपालको काठमाडौंसहित विभिन्न शहरमा सञ्चालनमा छन्। भारतमा मात्र ४ राज्य तथा १० शहरका विभिन्न ५० शाखा सञ्चालनमा छन्। नीलले सलुनको शाखा अस्टे«लिया र लन्डनमा पनि चाँडै नै सञ्चालनमा ल्याउने बताए।

प्रतिक्रिया दिनुहोस्