इजोनको अध्यक्षमा अधिकारी



शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को अध्यक्षमा गोरखापत्रका प्रकृति अधिकारी निर्वाचित हुनुभएको छ। सञ्जालको आठौं साधारण सभा तथा पाँचौ अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति
निवार्चित गरेको हो।

उपाध्यक्ष र महासचिव सचिव र कोषाध्यक्षमा नागरिककी रुवी रौनियार, अन्नपूर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, अभियान दैनिककी दुर्गा लामिछाने र द काठमाडौं पोष्टका विनोद घिमिरे निवार्चित भएका छन्। सदस्यहरूमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली, राससका विष्णु नेपाल, र सरद शर्मा , कान्तिपुर एफएमकी पार्वता चौधरी, कान्तिपुर टेलिभिजनका नारायण किलम्बु, घामछाँयाका रूपेश आचार्य चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्