नर्भ एजेन्ट आक्रमणका एक आशंकितको पहिचान



मस्के,(एजेन्सी)
सुदुर पुर्वी रसियामा बस्ने एक महिलाले आइतवार आफुले वेलायतको सालिसवरी एकजा सैनिक गुप्तचर अधिकारको हैसियतले आक्रमण गर्ने दुईजना मुख्य आशंकित व्यक्ति मध्ये एकजनालाई आफुले चिनेको वीवीसीलाई बताएकी छिन् । ति महिलाले ति व्यक्ति राष्ट्रिय स्तरमा विभुषित रसियाको हिरो अनातोलिय चेपिगा भएके बताएकीछिन् ।

उनको यस पहिचानको कारण बेलिलंगक्याट अनलाइन अनुसनधान टोलिलाई आफ्नो अनुसन्धान कार्य अघि बढाउन सजिलो भएको छ । यस टोलिले पनि उनलाई कर्णेल चेपिगाको रुपमा सनाखत गरेको छ । यिनले भने रुसी सरकारी टेलिभिजनलाई आफु रुसी नागरिक रुस्लान बोसिरोभ भएको बताएका छन् ।

वविीसीले वेलायती अधिकारीहरुले बेलिंगक्याटले पत्ता लगाएको तथ्यहरुलाई विवादमा नापर्ने कुरा बुझेको छ । वेलायती प्रहरीले ति आशंकित अपराधिहरुले आफ्ना वास्तविक नाम प्रयोग नगरेको विश्वास गरेको छ ।

रसियाले भने गत ४ मार्चमा सालिसवरीमा पुर्व रुसी गुप्तचर अधिकारी सर्गेइ स्क्रिपल र उनकी पुत्रीमाथि भएको नोभिचोक नर्भ एजेनट आक्रमणमा आफ्नो संलग्नता नरहेको अडान लिँदै आएके छ । वीवीसीको टोलि राजधानी मस्के देखि करिव ५ हजार माइल टाढाको चेपिगा हुर्केके बर्योजोभ्का गाउँमा पुगेको छ ।

यो गाउँ रसिया र चीनको सिमान नजिक रहेको छ । त्यहिँ नाम नखुलाइएको ति महिलाले चेपगाको बाल्यकालको तस्वीर पहचान गरेकी थिइन् । उनले रुस्लान बोसिरोभ र कर्णेल चेपिगा दुवै एउटै मान्छे भएके ठोकुवा गरेकी छिन् ।

उनले वीवीसीलाई भनेकीछिन् , ‘ मलाई उनका मातापिता कहाँ बस्थे भन्ने पनि थाहा छ । उनी सैनिक अधिकारी थिए । पहिला युद्धग्रस्त क्षेत्रमा खटिएका उनी पछिल्लो समय मस्कोमा पुगेका थिए । मैले उनलाई वयष्क अवस्थामा उनको बच्चासंग भेटेको थिए । ’ स्थानिय वासिन्दाहरुले उनको परिवार धेरै वर्ष पहिले सो गाउँबाट बसाइ सरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्