भारतले पाकिस्तानसँग वार्ताको अवशर गुमाएको छ: कुरैसी



न्युयोर्क (एजेन्सी)
संयुक्त राष्ट्र महासभामा पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतको नरेन्द्र मोदी सरकारले तेस्रो पटक पाकिस्तानसँग वार्ताको अवसर गुमाएको बताएका छन् ।

न्युयोर्कमा संयुक्त राष्ट्रको ७३ औं बार्षिक महासभालाई सम्बोधन गर्ने क्रममा कुरैसीले पाकिस्तान बलियो र गम्भिर वार्ताको माध्यमबाट सम्पुर्ण मुद्दाको हल चाहेको बताए । संयुक्त राष्ट्रमा पाकिस्तान र भारतको तय भइसकेको भेटघाटमा सबै मुद्दामा वार्ता गर्ने राम्रो अवसर भएको तर नकारात्मक रवैयाका कारण मोदी सरकारले यो मौका गुमाएको छ– कुरैसीले बताए । महिनौ अगाडी जारी गरेको डाक टिकटलाई मुद्दा बनाएर शान्तिमाथि राजनितिलाई प्राथमिकता दिएको उनले बताए ।

काश्मिर मुद्दा हल नहुनु यस क्षेत्रमा स्थायी शान्ति बहालीको मार्गमा सबैभन्दा ठुलो रुकावट भएको कुरैसीले बताए । उनले भने– ७० बर्ष आगडी यो मुद्दा संयुक्त राष्ट्रको सुरक्षा परिषदको एजेन्डामा छ । दक्षिण एसियामा शान्ति तबसम्म स्थापित हुन सक्दैन जब सम्म मुद्दा जम्मु काश्मिरमाथि संयुक्त राष्ट्रको सम्झौता अनुसार शान्ति स्थापित हुँदैन र काश्मिरका नागरिकको जनमतको अधिकार दिँदैन ।

भारतले पाकिस्तानको सयमको परीक्षा लिन नहुने र नियन्त्रण रेखामा कुनै प्रकारको हमला गर्ने गल्ती गरेमा वा युद्धको आफनो इच्छा पुरा गर्ने प्रयास गरेमा पाकिस्तानको तर्फबाट पर्याप्त जवाफी कारवाहीको सामना गर्नु पर्ने उनले चेतावनी दिए ।

अफगानिस्तानको विषयमा बोल्दै उनले अफगानिस्तान र पाकिस्तान लामो समय देखि विदेशी शक्तीको चलखेलको निसाना बनिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्