चीन: युद्ध तयारीको निर्देशन



वेइजिङ (एजेन्सी)
चीनमा ६९ औ राष्ट्रिय दिवशको तयारीका क्रममा चीनका राष्टपति सी जिनपिंगले आफनो सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । सेनाको तयारीका विषयमा जानकारी हासिल गर्न पुगेका सीले सेनाका आधुनिक हतियारको निरीक्षण गरेको र सेनासँग लडाकु हेलिकप्टरका कारेमा विस्तृत चर्चा गरे ।

६९ औ राष्ट्रिय दिवस मनाउने क्रममा १ हप्ता पुरै चीनमा ‘गोल्डेन होलिडे ‘ हुनेछ र करिब पुरै चीनमा छुट्टी हुनेछ ।सीले आफनो सम्बोधनमा प्रशिक्षण र तयारीसँग युद्धको स्थितिका लागि सँधै तयार रहन चेतावनी पनि दिए । यसबीच विशेष हेलमेट लगाइ जेड–१० हेलिकप्टरमा सीले उडान भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्