एनआरएनए बेलायतको पाँचौ काउन्सिल बैठक सम्पन्न



सञ्जयभक्त कंडेल, लण्डन ।
एघार बुंदे घोषणा पत्र जारी गर्दै युके एनआरएनएको पाँचौ काउन्सिल बैठक नेपालीहरुको घना बस्ति भएको संयुक्त अधिराज्य बेलायतको अलड्राशोटमा सम्पन्न भयो ।

गैर आवासीय नेपालीलाई नागरिकताको सुनिश्चित गर्न काउन्सिल बैठकले जोडदार माग गरेको छ िसयौका संख्यामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि , पत्रकार , सामाजिक अभियन्ता लगायत गैह्र आवासीय संघका उपाधक्ष्य द्वय कुमार पन्त र कुल आचार्य ,गैर आवासीय संघ बेलायतका अधक्ष्य योगकुमार फगामी , गैह्र आवासीय संघ बेलायतका प्रमुख संरक्षण रिटायर्ड मेजर डमर घले लगायतका रोवहरमा गैह्र आवासीय संघ , बेलायतले एघार बुंदे घोषणा पत्र जारी गरेको छ िघोषणा पत्र तयारी समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर , नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोख्रेल , एनआरएनए बेलायतका प्रवक्ता रमेश सराङ्कोटी , नेपाल पत्रकार महासंघ बेलायतका बरिष्ठ उपाध्यक्ष धुर्वराज अर्याल सदस्य रहेको विज्ञ समूहले तयार पारेको ११ बुंदे घोषणा पत्रको पूर्ण पाठ यस्तो रहेको छ ।

१। ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलभावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । गोरखाहरुको अवस्था फरक भएको हुँदा उनीहरुको नागरिकताको सवाललाई फरक ढंगले सम्बोधन गर्न पनि यो बैठक सरकार समक्ष माग गर्दछ ।

 

२। गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न यो बैठक माग गर्दछ । गोरखाहरुको सवालप्रति ऐक्यवद्धता र गोरखाको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनवद्धता यो बैठक व्यक्त गर्दछ । गोरखाहरुले वंशजका आधार प्राप्त गरेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने र उनीहरुका सन्ततिहरुले पनि सो अधिकार पाउनुपर्ने माग नेपाल सरकारसमक्ष गर्दछ ।

 

३। नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न यो बैठक एनआरएन युकेलाई सुझाव दिन्छ । साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युके ‘एक एनसिसी एक परियोजना’को अवधारणा गैरआवासीय नेपालीहरुसमक्ष प्रस्तुत गर्दछ ।

 

४। विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिन्छ ।

 

५। सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । साथै, बेलायतमा संचालनमा रहेको युनिभर्सल क्रेडिट योजनाका बारेमा नेपाली समुदायलाई जानकारी दिलाउन सचेतनामूलक कार्यक्रम ल्याउन यो बैठक एनआरएनए युकेलाई अनुरोध गर्दछ ।

 

६। बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरियो । नेपाल हाउस बिज्नेस मोडलमा निर्माण गर्ने विगतको काउन्सिल बैठकको निर्णयलाई निरन्तरता दिँदै नेपाल हाउस परियोजनालाई थप बृहत स्तरमा अगाडि बढाउन यो बैठक एनआरएन युकेलाई आग्रह गर्दछ ।

 

७। युकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ । युकेमा रहेका व्यक्ति तथा संघ संस्थालाई एनआरएनए युकेमार्फत च्यारिटी कार्यक्रम संचालन गर्न वा त्यसो हुन नसकेमा गरिएको च्यारिटी कार्यको विवरण एनआरएन युकेमा उपलब्ध गराउन यो बैठक युकेमा कार्यरत सबै व्यक्ति तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछ ।

 

८। युकेमा बसोबासरत नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए युकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ ।

९। नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ । त्यस्ता घटनाहरुको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न बैठक माग गर्दछ । बेलायतमा बसोबासरत महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम गर्न एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

 

१०। एनआरएनए युकेको राज्यव्यवस्था समितिको संयोजक एनआरएनए युकेको पदेन सदस्य हुने, विभागीय प्रमुखहरु उपाध्यक्ष हुने, एनआरएनए युकेका पूर्व अध्यक्षहरु संरक्षक रहने, सल्लाहकार छनौटमा योग्यता एवं संस्थागत अभियन्तालाई मापदण्ड बनाउने, क्षेत्रीय रुपमा गठन भएका समितिहरु एनआरएनए युके केन्द्रको नियम बमोजिम संचालन हुने गरी विधान संशोधन गर्न यो बैठक एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

 

११। गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेको पाँचौँ काउन्सिल बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुभएकोमा बेलायतका लागि नेपालका राजदुत डा। दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकारहरु, एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले र संरक्षकहरु, एनआरएनए युकेका सल्लाहकारहरु, सबै संघ संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु लगायत यो काउन्सिल बैठक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सबैलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

गैह्र आवासीय संघ, बेलायतको पाँचौ काउन्सिल बैठककी संयोजक पुनम गुरुङ , उपमहासचिव विनय अधिकारी , महासचिव राजकुमार त्रिपाठी लगायत कार्यसमितिका सम्पूर्ण पधादिकारीले बिशेष भूमिका खेलेका थिए ि संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत महामहिम डा। दुर्गाबहादुर सुवेदीलाई प्रमुख अतिथि बनाइएको पाँचौ काउन्सील बैठकमा विशेष अतिथि गैह्र आवासीय नेपाली संघका उपाध्यक्षहरु क्रमशः कुमार पन्त र कुल आचार्य थिए । कार्यक्रमको अध्यक्षता एन आर एन ए बेलायतका अध्यक्ष योग फगामीले गरेका थिए । एनआरएनए वेलायतले आइसिसि उपाध्यक्षहरूको स्वागत तथा बिदाई विशेष गरेको थियो ।काउन्सील बैठकमा प्रवासी नेपालीहरू विच सह्रायनीय भूमिका खेल्ने पत्रकार तथा समाजसेवीलाई सम्मान र मायाँको चिनो पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्