तिब्बतको विकासमा पर्यटन



चिरञ्जीवी मास्के तिब्बत ।
छोटो समयमा विकास गरेको तिब्बतले नेपाल लगाएत दक्षिण एसियाका बिभिन्न मुलुकहरुलाई विकास र समृद्धिको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
तिब्बत जनकांग्रेसको स्थाई समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुया सन् २०१२ मा सम्पन्न कम्युनिष्ट पार्टी अफ चाईनाको १८ औ राष्ट्रिय कंग्रेसको बैठक पछि पार्टीको केन्द्रिय कमिटी र राष्ट्रपति सि जिन पिङले तिब्बतको विकासको लागि लिएको महत्वपुर्ण निर्णयले विकास र समृद्धिमा तिब्बतले फड्को मारेको बताउछन् ।

पर्यटनलाई प्रमुख प्राथामीकता दिएको तिब्बतले बार्षिक साढे दुई करोड पर्यटक भित्राउने गरेको चु चुन्हुयाको भनाई छ । करिब ३० लाख जनसंख्या भएको तिब्बतको मुख्य आयश्रोतनै पर्यटन भएको उनले बताए । चिनको केन्द्रिय सरकारले तिब्बतमा शिक्षालाई आधारभूत मानव अधिकारको रुपमा ब्याख्या गर्दै शिक्षित जनताले आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता लिएकै कारण करिब ६ बर्षको अन्तरालमा सामाजिक, भौतिक तथा आर्थिक विकासमा तिब्बतले फड्को मार्न सकेको अधिकारीहरुको भनाई छ ।

तिब्बतमा राजधानि ल्हासा सहित ६ वटा उत्कृष्ठ सहरहरु छन् । ७४ वटा काउण्ट्री (जिल्ला) र ६ सय ९७ वटा बजार क्षेत्र रहेको तिब्बतमा बिभिन्न ४० जातिका मानिसहरुको बसोबास रहेको छ । तिब्बतमा रहेका सबै जातजातिको आफ्नै खाले सामाजिक मान्यता र धर्म संस्कृति रहेको र त्यसलाई अहिलेसम्म जिवन्त राख्न सकेकै कारण बार्षिक दुई करोड भन्दा बढी पर्यटक तिब्बतमा भित्राउन सकेको त्याहाँका अधिकारीहरु सगौरव बताउने गर्छन् ।

तिब्बतमा पर्यटकलाई भित्राउन तीनवटा राष्ट्रिय स्तरको ऐतिहासीक एवं सांस्कृतिक सहर, पाँचवटा परम्परागत गाँउ, एउटा राष्ट्रिय पर्यटकीय रिर्सोट लगाएत रहेको ल्हासाका अधिकारीहरु बताउछन् । सहरी क्षेत्रमा उद्योग व्यवसाय र ग्रामीण क्षेत्रमा पर्यटन तिब्बतको आम्दानिको मुख्य स्रोत बनेको छ । ल्हासामा रहेको फाईभ स्टार होटल इन्टर कन्टिनेन्टमामात्र पाँच हजार मानिस अट्न सक्छ । ल्हासाबाट करिब ६ सय किलोमीटरको दूरीमा रहेको पर्यटकीय गाँउ टासिघाङमा दुई वटा रिर्सोट रहेका छन् जहाँ राष्ट्रिय अन्तराष्ट्रि कार्यक्रमहरु भै रहन्छन् । ग्रामीण क्षेत्रमा होम स्टे सञ्चालन र स्थानिय उत्पादनको बिक्रि वितरणबाट पनि प्रशस्तै आम्दानि हुने गरेको देखिन्छ । तिब्बतको विकासमा जलश्रोतको उपयोग र वितरण पनि प्रमुख रुपमा रहेको पाईन्छ ।

तिब्बत जनकांग्रेसको स्थाई समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुया विकास र समृद्धिको लागि भरपर्दो राजनीतिक नेतृत्व, शैक्षिक जनशक्ति तथा एकता आवश्यक हुने र यस सबै कुरा सि जिन पिङ नेतृत्वको चिनले प्राप्त गर्न सकेकोले तिब्बतमा छोटो समयमै यति धेरै विकास हुन सकेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्