मुखदर्शक नगरपालिकाः आकाशमा तार, जमिनमा टहरा



सलिम अन्सारी प्युठान ।

जिल्लामा निजी प्रयोजनले सडक अतिक्रमण गर्ने क्रम रोकिएको छैन। ब्याबसायीले प्युठान भालुबाङ खण्डको बाग्दुला पुलचोक बजार क्षेत्रमा सडक अतिक्रमण गरि ब्याबसाय गरिरहेका छन । यहाँ जनज्योती सामुदायिक बिकास केन्द्रले सटर निर्माण गरि भाडामा लगाएको छ । त्यसैमा व्यापारीले जस्तापाताको टहरा थपेर व्यापार गर्दै आएका हुन ।

बहाने जाने सडक छेउमा पनि अस्थायी टहरा खडा गरि व्यापार गरेपछी सडक सांघुरिदै गएको छ। सडकको दुबैतर्फ किराना एवं तरकारी फलफुलका पसलले आउजाउमा समस्या छ । राष्ट्रीय राजमार्गमा सडक छेउबाट २५ र सहायक मार्गमा १५ मिटर छाड्नुपर्छ ।

सडक क्षेत्र छोडेर मात्र ब्याक्तिगत प्रयोजनले उपयोग गर्न पाईन्छ । कतिपय क्षेत्रमा सडक मिचेर घरटहरा बनाईएको छ ।स्थानीय प्युठान नगरपालिका र सडक डिभिजनले समेत यस्को अनुगमन तथा नियन्त्रण प्रयास नगरेको सरोकारवालाको आरोप छ।

गिज्याउदै बिजुलीको तार

जिल्लाको मद्य्यक्षेत्रमा बिद्युतका तारहरु समेत अनियन्त्रीत अबस्थामा रहेको देखिएको छ। बिधुतका तारहरु जथाभावी झुण्डिएको स्थानिय बताउँछन। पोलमा बिजुली देखि इन्टरनेट सम्मका तारहरु गज्याङगुजुङ पारिएको छ । घर घरमा बिजुली इन्टरनेट र केबुलको तार माकुराको जालो जस्तै झुण्डिएकाले कतिबेला के हुने हो केही भन्न नसकिने स्थानिय बताउँछन । उनिहरुका अनुसार यस्तो भद्रगोल देख्दा देख्दै पनि प्युठान नगरपालिका भने मुखदर्शक बनिरहेको छ । पोल ढलेर घर घरमा लगिएका तार सर्ट भएर आगजनी हुन गयो भने यस्को जिम्मेवारी कस्ले लिने हो? स्थानिय भन्छन सम्वन्धित पक्षको ध्यान जान जरुरी छ ।

जनप्रतिनिधीलाई टेर्दैन

स्थानीय व्यापारीले बाग्दुला चोकको दुबैतर्फका टहरामा सामान राखेर बिक्री गर्दै आएका छन् । प्युठान नगरपालिकाले दोश्रो नगरसभाबाट बजार क्षेत्रका ती सडक मिचेर बनाईएका घर टहरा भत्काउने निर्णय नै गरेको छ । तर प्रभावकारी हुन सकेको छैन ।व्यवसायी र घरधनीहरुलाई नगरपलिकाले पटकपटक मौखिक र लिखित रुपमै घर अगाडीका अस्थायी टहरा हटाइदिन आग्रह गरिरहेको छ ।

नगरपालिकाले गरेको आग्रहलाई व्यापारीले टेरेका छैन्न । संरचना हटाउन ब्यापारीहरुले अबरोध गरे पछि प्युठान नगरपालिका हच्किएको छ । नया बजार जुम्रीका धेरैजसो टहरा हटाईएपनी बिजुवार बाग्दुला क्षेत्रका टहरा हटाउन लाग्दा स्थानीयले अबरोध गरेका थिए।

जिल्ला ट्राफिक प्रमुख छबिलाल ढकालले नगरपालिकासित समन्वय गरी राजमार्गको दुबै क्षेत्र खाली गरिने बताए । ‘नियम मिचेर सडकमा पसल थाप्न पाइँदैन,’ उनले भने, ‘जनप्रतिनिधिसित छलफल गरी हटाउछौं ।’ जिल्लाको राजमार्ग क्षेत्रमा तत्कालै अनुगमन थालिने उनले जनाए । अस्थायी टहरा हटाउने अभियान पूर्ण रुपमा कार्यन्वयन गरेरै छाड्ने प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले बताएका छन् । बाग्दुला क्षेत्रमा केही चुनौती देखिएको उनले सुनाए ।

‘सव्जीमण्डी संचालन गर्ने योजनामा छौँ’,उनले भने,‘त्यसपछि समाधान हुने छ ।’ बाग्दुलाका तरकारी व्यवसायीलाई सव्जीमण्डीमा व्यवस्थापन गर्ने सोँच बनाएको उनले जानकारी दिए । सव्जीमण्डी संचालनका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सडकमा मस्ती पार्किङ 

सडकमै हुने पार्किङ् पनि सडकको अर्को समस्या बनेको छ। नगरपालिका र ट्राफिक प्रहरी यसलाई व्यबस्थित गर्न चुकेका छन । जिल्लाको ब्यस्त बजार बाग्दुला, बिजुवार अस्तव्यस्त बन्दै गएको छ । गाउँगाउँमा पुग्ने बस, जिपहरु बाग्दुलाबाटै छुट्ने गर्छन् । अव्यवस्थित बजार र सडकमै बसपार्कले गर्दा सर्वसाधरणले सास्ती पाएका छन् ।

चोकमै सवारी साधनसमेत रोकिन्छन् । यसले दुर्घटना निम्त्याउने ट्राफिकको भनाइ छ ।दैनिक सवारी चाप बढ्दै गर्दा पार्किङको प्रबन्ध गर्न सरकारले चुकेको छ ।गाडी किन्नेलाई पनि पार्किङ्स्थलको जोहो गर्नु नै छैन किन कि सडकमा निर्वाद पार्किङ गर्न पाईएको छ ।

के भन्छन ब्यापारीहरु ?

उता व्यापारीहरुले भने सडक डिभिजन कार्यालयले सडकको दुबैतीर १५ मिटर सडक निर्माण गर्न काम अघि बढाए अस्थायी टहरा छोड्न तयार रहेको बताएका छन । सडकले आफ्नो क्षेत्र कायम गरे हामि अन्यत्र जान्छौं बर्षौ देखि भाडाको सटरमा बस्दै आएका व्यापारी राजन केसीले भने आफ्नो ब्यावसाय गरेर बसेका छौं कसरी हट्नु ?

यदि हामीलाई यहाबाट हट्नुपरे व्यापार गर्न बैकल्पिक स्थान चाहिन्छ। उनले भने। सडक मिचेर बनाईएका टहरामा किराना,फलफुल र तरकारी पसल थापिरहेकाहरुले प्रतिमहिना ५५ सय देखि ९ हजार सम्म भाडा तिरेर व्यापार गर्दै आएको सुनाए। बर्षौ द्खि व्यापार गर्दै आएका ब्याबसायीहरुले आफुहरुको रोजीरोटी नगरपालिकाले खोस्न खोजेको आरोप लगाएका छन।

प्रतिक्रिया दिनुहोस्