दक्षिण चीन सागर विवाद: अमेरिकी बमबर्षक उडान प्रति चीनको आपत्ती



बेइजिङ (एजेन्सी)
अमेरिका र चीनबीच ब्यापार युद्ध जारी रहेकै बेला विश्वका यी दुई ठुला सक्तीबीच दक्षिण चीन सागरमा पनि तनाव बढेको छ ।
चीनको रक्षा मन्त्रालयले दक्षिण चीन सागर र पुर्वी चीन सारगमा अमेरिकी बमबर्षक बी–५२ को उडान भर्नु उत्तेजना फैलाउने कार्य भएको जनाएको छ ।

पेन्टागनले बुधबार पुर्वी चीन सागरमा जापानसँग संयुक्त अभियानमा भारी बमबर्षक विमानलाई सहभागी गराएको र एक दिन अगाडी त्यसले दक्षिण चीन सागर माथि अन्तराष्ट्रिय हवाई मार्गमा उडान भरेको जानकारी दिएको थियो ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता रेन क्युकियांगले एक पत्रकार सम्मेलनमा त्यसको विरोध गर्दै आवश्यक कदम उठाउने चेतावनी दिएको छ ।

अमेरिकाका सैन्य विमानको उत्तेजना फैलाउने गतिविधिहरुका बारेमा हाम्रो भन्नु के छ भने, हामी यसको पुरै विरोधमा छौं र यस मुद्दालाई कडा रुपमा प्रतिवाद गर्न हामी आवश्यक कदम उठाउने छौं –उनले भने ।

रणनितिक रुपमा महत्वपुर्ण मानिएको दक्षिण चीन सागरको एक ठुलो हिस्सामाथि चीनले आफनो दावी गरेको छ । त्यस इलाकामा चीनले कयौं द्विप बनाएका छन र त्यहाँ सैन्य सुविधाहरु तैनाथ गरिएका छन् । यस जलक्षेत्रमा ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामको पनि दावी रहेका छन् ।

सामुद्रिक सिमा मामिलामा अन्तराष्ट्रिय अदालतले सन् २०१६ मा चीनको दावीमा कुनै कानुनी आधार नभएको फैसला दिएको थियो । अमेरिकाले पनि उक्त क्षेत्रमा चीनको दावीलाई अस्विकार गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्