बेलायती उपनिवेश कालका मुर्ति नष्ट गर्दै



माले (एजेन्सी)
मालदिभ्सका निवर्तमान राष्ट्रपति अब्दुल्ला यामीनले बेलायती शासन कालिन केही मुर्तिलाई इस्लामका लागि अपमानजनक बताएका छन् । राष्टपतिको उक्त बयान आएपछि प्रहरीले बन्चरो र अन्य उपकरणको मद्दतबाट मंगलबार ती मुर्तिहरु तोडफोड गरी नस्ट गरेका छन् । यामीनले गत जुलाइमा नै ती मुर्तिहरु नष्ट गर्न आदेश दिएका थिए, तर त्यसको पालना भने शुक्रबार मात्रै भएको हो ।

जेसन डिकेरस टेलरद्वारा बनाइएका मुर्तिहरुलाई मालदिभ्सको एक रिसोर्टमा आधा डुबेको धातुको कन्टेनरमा राखिएको थियो । मालदिभ्सका आधिकारिक धर्म इस्लामले मुर्ति निर्माणलाई प्रतिबन्ध गर्छ । जुलाइमा जब ती मुर्तिहरु लगाएको थियो त्यही बेलापनि धर्म गुरुहरुले त्यसको आलोचना गरेका थिए । यद्यपी ती मुर्तिहरुसँग इस्लामको कुनै नाता छैन ।

यामिनले जुलाइमा कोरालारियम सिरिजका ती मुर्ति विरुद्ध जनताको भावनालाई ध्यानमा राखी नष्ट गर्ने फैसला लिएको बताएका थिए । तर जुलाइ देखि अहिलेसम्म ती मुर्ति किन नष्ट नगरिएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

राष्ट्रपति चुनावमा यामिनको हार लगत्तै त्यसलाई नष्ट गरिन लागेको हो । सरकारी सन्चार माध्यमका तर्फबाट पोस्ट भिडियोमा मुर्ति नष्ट गरिरहेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्