प्रिन्स फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी



काठमाडौं, (नेस)
नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् ।

योसँगै नेपालबाट उमेर समूहको कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्ने उनी पहिलो नेपाली खेलाडी बने । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चे्टियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् ।

प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स प्रतियोगितामा सहभागिता जनाउन एक्लै दुवई पुगेका प्रिन्सलाई दुवईंमा प्रशिक्षकको रुपमा उनका मामा कमलेश निरौलाले गरिरहेका छन् । प्रिन्सले फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । क्रिस्टियनले भारतका युनिथ कृष्णलाई २१–१९ र २१–१७ ले पराजित गर्दै प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्