यू–१९ एशिया कपमा नेपाल पराजित



काठमाडाैं । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १ सय ७१ रनले हारेको हो।

बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो । नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र बनाउन सक्यो । भारतका लागि यशभी जयसवालले एक सय ४ रन, सिमरन सिंहले ८२, आयुश बदोनीले ३३ तथा देवदत्त पादीक्कलले ३० रन बनाए । बलिङतर्फ नेपालका लागि भीम सार्कीले चार तथा रशिद खानले दुई विकेट लिए ।

ब्याटिङतर्फ नेपालका लागि कप्तान मोहमद आशिफ शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २० र रवीन्द्र शाहीले १६ र रवि साहले ११ रन बनाए । बलिङतर्फ भारतका सिद्धार्थ देसाई र हर्ष त्यागीले तीन-तीन विकेट लिए

नेपालले अब दोस्रो खेल यही असोज १५ गते अफगानिस्तानसँग तथा १६ गते युनाइटेड अरब इमिरेटस् (युएइ)सँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्