भुटानमा रेखाद्वारा गोलको वर्र्षा



नेपाल समाचारपत्र
काठमाडौं
रेखा पौडेलले गोलको वर्षा गर्दा भुटानमा शुक्रबारदेखि शुरू भएको यु १८ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाली महिला टोलीको सानदार शुरूवात गरेको छ।

थिम्पुको चांगलीमीथांग रंगशालामा नेपालले आफनो पहिलो खेलमा सानदार जित हात पार्ने क्रममा पाकिस्तानलाई १२–० गोलअन्तरले हराएको हो। जसमा रेखाको ७ गोलको योगदान रहेको छ। अर्को ५ गोल कप्तान सरु लिम्बु, रश्मीकुमारी घिसिङ, एलीस जिम्बा, मन्जलीकुमारी योञ्जन र मनिषा राउतबाट भएका हुन्।

पाकिस्तानको डिफेन्स नै खलबलाउने गरी नेपालका लागि रेखाले पाँचौं मिनेटमा गोलको शुरूआत गरिन्। त्यसपछि १७औं र १९औं, ३२औं र ३८औं मिनेटमा उनले थप गोल गरेकी थिइन्। ३८औं मिनेटमा पेनाल्टी गोल भएको थियो। सरुले पहिलो हाफ सकिन लाग्दा एक गोल गरेपछि नेपाल पहिलो हाफमा ६–० ले अग्रतामा रहेको थियो।

दोस्रो हाफमा ६ गोल थपेपछि नेपालले पाकिस्तानमाथि दर्जन गोल प्रहार गरेको थियो। ६७औं मिनेटमा रश्मीले गोल गरिन् भने रेखाले ७१औं र ७४औं मिनेटमा गोल गरेर खेलमा व्यक्तिगत ७ गोलसंख्या पुर्याइन। योसँगै उनको दोहोरो ≈याट्रिक पनि पुरा गरेकी थिइन्। एलिसले ८२औं, मन्जलीले ८७औं र मनिषाले इन्जुरी समयमा गोल थपेका थिए।

प्रतिक्रिया दिनुहोस्