पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्न भारत सकारात्मक



k]6Çf]lnod kfOknfOg kl/of]hgf 5nkmn df]ltxf/LÐcdn]vuGh k]6Çf]lnod kfOknfOg kl/of]hgfsf ljifodf z’qmaf/ sf7df8f}Fdf 5nkmn ub}{ pBf]u, jfl0fHo tyf cfk”lt{dGqL dft[sf ofbj / ef/tsf k]6Çf]lnod tyf k|fs[lts Uof;dGqL wd]{Gb| k|wfg;lxtsf] 6f]nL . t:jL/ M /Tg >]i7, /f;;

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन थप ६१ किलोमिटर विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको छ। शुक्रबार राजधानीमा भएको नेपाल–भारत मन्त्रीस्तरीय छलफलमा भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको हो।

मोतिहारीदेखि अम्लेखगन्जसम्म हाल विस्तार रहेको पाइपलाइनलाई चितवनसम्म ल्याउन छलफल भएको हो। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानबीच पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा छलफल हुँदा भारतीयमन्त्रीले प्रँविधिक एवम् व्यवस्थपकीय सहयोग गर्न तयार रहेको भन्दै अगाडि बढ्न आग्रह गरेको बताइएको छ।

रक्सौलदेखि चितवनको भण्डारा (निगमले भखर्रै जग्गा किनेको स्थानसम्म) थप ६१ किलोमिटर पाइपलाइन निर्माणको लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणका बेला औपचारिक आग्रह गरिएको थियो। नेपाल आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्नको लागि विस्तृत अध्ययन गरी परियोजना निर्माण गर्नको लागि सम्भव रहेको प्रतिवेदन बुझाइएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पयिोजनको विस्तृत सर्वेक्षण गरेको थियो।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणको अनुगमन तथा थप विस्तारलगायतका विषयमा छलफल गर्न भारतीय पेट्रोलियममन्त्री प्रधानले शुक्रबार काठमाडौं आएका हुन्। मन्त्री प्रधानले शनिबार परियोजनाको स्थलगत भ्रमणसमेत गर्ने छन्। परियोजनाको मोतिहारी–रक्सौल र रक्सौल–अम्लेखगन्ज पाइप बिच्छाउने र पूर्वाधार विस्तारको काम दुवैतर्फबाट भइरहेको छ। भारतले पटनादेखि मोतिहारीसम्म साढे ३३ किलोमिटर र मोतीहारीदेखि रक्सौल ४३ किलोमिटर र रक्सौलदेखि अमलेखगन्ज ३६ दशमलव २ किलोमिटर निर्माण भइरहेको छ। नेपालतर्फ १७ किलोमिटर पाइप बिच्छाउने काम पूरा भइसकेको निगमले जनाएको छ। वातावरणीय प्रभाव मूल्यांकमा ढिलाइ हुँदा विस्तारमा ढिलो भएको निगमले जनाएको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ, यसमा ७५ प्रतिशत लगानी आईओसी र बाँकी २५ प्रतिशत लगानी नेपाल आयल निगमले गरेको छ।

पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियम रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने १० दशमलव ७ इन्च मोटाइको मायल स्टिल पाइपलाइन भारतको मोतिहारीबाट नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा पुर्याएर जोडिने छ। निगमले त्रिभुवन राजपथस्थित पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा निर्माणाधीन ६ लेन सडकसँगै पाइपलाइन विस्तारको काम पनि अघि बढाएको छ। पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपियाँ बचत हुने बताइएको छ। हाल रक्सौल–अमलेखगन्ज रुटमा सञ्चालित २ सय टयांकरमा वार्षिक ढुवानी खर्च ६० करोड रुपियाँभन्दा बढी छ।

सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरु भएको २ वर्षभित्र पूरा गर्ने उल्लेख छ। तर, नाकाबन्दीका कारण आयोजनाले गति लिन भने सकेको थिएन।

त्यस्तै गोरखपुर–सुनौली भैरहवासम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तारको लागि पनि दुई देशबीच छलफल भएको छ। साथै सर्लाही चितवन धनुषामा पेट्रोलियम भण्डार क्षमता अभिवृद्धि गर्नमा पनि छलफल भएको छ।
नेपाली बुलेटबाटै ग्यास ढुवानी
काठमाडौं, (नेस)
नेपालमा आयात हुने ग्यास बुलेट अब नेपाली बुलेटबाट नै ढुवानी हुने भएको छ। शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच नेपाली ग्यास बुलेटबाट नै (एलपीजी) ग्यास ढुवानी गर्ने सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस्