यात्रुवाह जहाज जलिय क्षेत्रमा खस्यो



छुक,(एजेन्सी)
माइक्रोनेसियाको छुक अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्ने क्रममा शुक्रवार एउटा यात्रुवाहक विमान धावन मार्ग छोडेर नजिकैको जलमार्गमा खसेको विमानस्थलका अधिकारीहरुले बताएक छन् ।

पपुवा न्युगिनीको एयर न्युगिनीको सो विमान समुद«को किनाराका ेकम गहिराइ भएको पानीमा खसेको थियो । दुर्घटना हुनासाथ स्वत स्फुर्त रुपमा परिचालित स्थानिय व्यक्तिहरुले स–साना बोटहरु प्रयोग गरी सो विमानमा सवार ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यको उद्धारका लागि सहयोग गरेका थिए ।

अस्पतालका एकजना वरिष्ठ अधिकारीले यस दुर्घटनामा घाइते भएका मध्ये चारजनाको स्वास्थ स्थिती निकै चिन्ताजनक रहेको रोयटर्सलाई बताएका छन् ।

सो विमान माइक्रोनेसियाको पोहन्पेइ टापुबाट पपुवा न्युगिनीको राजधानी पोर्ट मोस्र्वी तर्फ उड्न लागेको थियो । उडानको क्रममा यो विमान माइक्रोनेसियाको वेनो टापुमा पनि रोकिएको थियो ।
एयर न्युगिनीले सो बोइंग ७३७ – ८०० ले खराव मौसम र परिदृश्यका ेकारण धावनमार्ग छोडेर जलिय क्षेत्रमा खसेको र यस सम्बन्धमा गम्भीर छानविन शुरु गरिने जनाएको छ । उद्धारकर्मिहरु आइपुगुन्जेल सम्म विमान भित्र कम्मर सम्म पानी भरिसकेको यात्रुहरुले बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्