महिलाहरुका लागि मन्दिर प्रवेश खुल्ला



नयाँदिल्ली
भारतको सर्वोच्च अदालतले शुक्रवार हिन्दुहरुको पवित्र धार्मिक स्थल मध्ये एक मानिने सावारीमाला मन्दिर प्रवेशमा महिलाहरु माथि लगाइँदै आएको प्रतिवन्ध हटाउने निर्णय गरेको छ ।

यसअघि रजश्वला हुने गरेका महिलाहरु अर्थात दस देखि पचार वर्ष उमेरबिचका महिलाहरुलाई केरला स्थित सो मन्दिर प्रवेशमा रोक लगाइएको थियो । हिन्दुधर्ममा रजशवाला भइरहेको अवस्थामा महिलाहरु अशुद्ध हुने भन्द ैतिनीहरुलाई मन्दिरहरु प्रवेशमा र अन्य धार्मिक् अनुष्ठानमा भाग लिनबाट बन्चित गर्ने चलन छ ।

यस पुरानो सोच र परम्पराले लैंगिक विभेद भएके गुनासो गर्दै सर्वोच्चमा दायर गरिएको याचिकापत्र माथि यो निर्णय दिइएको हो । तर अधिकांश हिन्दु मन्दिरहरुमा रजश्वला हुनु पुर्व महिलाहरुलाई बिना रोकतोक प्रवेश दिइने गरिएको छ । तर ठूलो उमेर अन्तराल तोकेरै मन्दिर प्रवेशमा रोक लगाउने थोर्र मन्दिरहरु मध्ये सावारिमाला मनिदर पनि पर्दछ ।

प्रत्येक वर्ष लाखौं भक्तजन यस मन्दिरमा आउने गरेका छन् । सवोच्चका प्रधान न्यायधिश दीपक मिश्राले यस सम्बन्धमा निर्णय दिने क्रममा भनेका छन् , ‘ धर्म भनेको प्रतिष्ठा र अस्तित्वका लागि हो ।

महिला तथा पुरुष दुवैसंग धर्म पालना गर्ने वरावर अधिकार रहेको छ । मिश्राले हालै मात्र औपनवेश कालिन कानुनहरु भंग गर्दै समलिंगी यौन सम्बन्ध र विवाहेत्तर सम्बन्धबारे महत्वपुर्ण निणर्य दिइसकेका छन् । यद्यपि उनका निर्णय प्रति केहि पुरातनवादी सोचका व्यत्तिहरु असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्