कविता: न्यायको माग



खोलापारि उखुबारीमा भेटियो रे लास
नष्ट भयो प्रमाण पनि के–के भयो आज
लगाएका लुगाहरु किन धोइएछ
अपराधी भेटिएन के–के भयो आज ?

सत्यतथ्य लुकाएर किन भयो जालझेल
निर्मम रुपमा हत्या गर्ने कहिले पर्छ फेला
साइकल पनि पानीभित्र फालिएको थियो
फिङ्गर प्रिन्ट लिएन के–के ग¥यो आज

राष्ट्र सेवक भनिनेले केस लुकाउने
बलात्कारी हत्यारालाई किन छिपाउने
कता गयो देशको कानुन राज्यशक्तिहरु
कलिलैमा मर्नुपर्छ देशका हस्तीहरु

उर्लिएछ जनसागर न्याय देऊ भनी
चाँडै मिलोस् न्याय उन्को माग हाम्रो पनि
खोलापारि उखुबारीमा भेटियो रे लास
नष्ट भए प्रमाणहरु के–के भयो आज ?

–उज्वल अधिकारी, मन्थली–२, रामेछाप

प्रतिक्रिया दिनुहोस्