बालिका जोगाउने प्रहरी अभियानः बालिकालाई “किक” हान्न सिकाउँदै प्रहरी



कृष्णउदास खनाल, वीरगन्ज ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले शुक्रबार बालबालिका र बिद्यालयका केही शिक्षिकाहरुलाई आफूमाथि आक्रमण भइहाले कसरी बच्ने भन्ने बिषयमा जानकारी गराउदै थिइन् ।

उनी कसैले गलत नियतले आफूमाथि आक्रमण गरे. प्रतिकारका लागि किक हान्ने तालिम दिदै थिइन् । वीरगन्ज पाठशाला स्टडी सेन्टरको संयुक्त पहलमा वालिकाहरुको आत्मरक्षाकालागि सीप बिकासको अभियान संचालन गरिएको हो । आत्मरक्षाको सीप र कलाको बिषयमा प्रहरी उपरीक्षक बज्राचार्यले प्रशिक्षण दिने अभियानको वीरगन्जमा शुरु गरिएको छ ।

सोही अभियान अन्तरगत डिएभी केडिया मा.वि. परवानिपुरका बालिकाहरुलाई सुरक्षित रहने उपाय सिकाइएको हो । पछिल्लो समय निर्मला पन्त लगायत देशका बिभिन्न स्थानमा भएको बलात्कार र बलात्कारजन्य घटनाका कारण वालिकाहरुमा नाकारत्मक असर परेको चर्चा गर्दै पाठशालाका राजन श्रीवास्तवले बालिकाहरुले कम्तीमा आफ्नो सुरक्षा आफैले गर्न सकून् भनेर यो अभियान चलाइएको बताए ।

प्रहरी उपरीक्षक एवं प्रशिक्षक बज्रचार्यले विद्यार्थीहरुलाई एकलो परेको बेला बच्नकालागि कुन तरिका अपनाउने, कसरी कुनै अपरिचित व्यक्तिको सामना गर्ने, बाहिर यात्रा गर्दा व्यागमा राख्न सक्ने साधान सामाग्रीहरुको सहयोगले पनि हुन सक्ने घट्नाबाट कसरी जोगिने, पोजिशन, एटेक ईत्यादीकोे वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन ।प्रशिक्षक बज्रचार्यले आक्रमण अभ्यासका माध्यमले आत्मरक्षाको कलाको बारेमा जानकारी गराएकी थिइन् ।

उनले , मोबाईलको सहि प्रयोग, स्पिड डायल, तथा अन्य कुनै आक्रमणबाट बच्नकालागि व्यक्तिगत आत्मरक्षाको वारेमा आप्mनो घरपरिवार छिमेक, साथीहरुमा समेत सोको वारेमा छलफल गरि आकस्मिक घट्नालाई रोक्न वा त्यसबाट बच्न वारे जनचेतना फैलाउने कार्य गर्न सबैमा अनुरोध गरिन्।

प्रतिक्रिया दिनुहोस्