रुकुमको पहिचान स्यार्पु तालको छेउमा पर्यटन महोत्सवको रौनक



धनवीर दाहाल, रुकुम ।
बिश्व पर्यटन दिवसको अवसर पारेर रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकाले बिहिबारदेखी स्यार्पु पर्यटन महोत्सवको आयोजना गरेको छ । रुकुम पश्चिमको बाँफिकोटमा अवस्थित पर्यटकिय क्षेत्र स्यार्पु तालमा दोस्रो स्र्यापु पर्यटन महोत्सव आयोजना भएको हो । रुकुमको स्थानीय भेषभुषा तथा कला संस्कृतिलाई र स्र्यापु ताललाई पर्यटकिय क्षेत्रको रुपमा बिश्वभर चिनाउने उद्देश्यका साथ पर्यटन महोत्सवको आयोजना गरिएको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

महोत्सवलाई प्रतिनिधि सभाका सदस्य एवं पुर्व गृहमन्त्री जनार्दन शर्माले सो महोत्सवको उद्घाटन गर्नुभएको छ । महोत्सवलाई उद्घाटन गर्दै पुर्वमन्त्री शर्माले स्यार्पुलाई बिश्वव्यापी बनाउन स्थानीय सरकार बिशेष गरी लाग्नु पर्ने बताउनुभयो । संघिय सरकारले र प्रदेश सरकारले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । रुकुमलाई पर्यटकिय नमुना जिल्ला बनाउनका लागी स्थानीय सरकारको काम महत्वपुर्ण हुने धारणा उहाँको छ ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला के.सी, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सांसद गोपाल शर्मा, रातो कामी लगाएत व्यक्तित्वहरुको सहभागिता रहेको छ । कार्यक्रममा इन्द्रेणी समुहले सांस्कृतिक प्रस्तुती राखेको छ भने स्थानीय स्तरको सास्ंकृतिक कार्यक्रम पनि प्रर्दशन गरिएको छ । “जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना भएकोे हो ।

रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पर्यटन महोत्सवको आयोजना गरिएको गाँउपालिकाले जनाएको छ । महोत्सव आगामी १५ गते सम्म चल्ले छ ।

स्यार्पु तालकै छेउमा महोत्सव भएकोले आधुनिक डुंगा शयर गर्न तथा स्थानीय सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न रुकुम पश्चिम लगाएत रुकुम पुर्व, जाजरकोट,सल्यान, दांग लगाएतका जिल्लाबाट पर्यटकहरु रुकुम पुगेका छन्

प्रतिक्रिया दिनुहोस्