अमेरिका: ट्रम्पको आत्मप्रशंसा



न्युयोर्क (एजेन्सी)
संयुक्त राष्ट्र संघको महासभामा आफनो सम्बोधनमा श्रोताहरु हाँसेको कुरा बाहिर आएपछि अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले त्यसलाई झुठो समाचार बताएका छन् । ट्रम्पको आत्मप्रशंसा युक्त भाषणको केही मिनेटमै सभामा हाँसो सुरु भएको थियो । ट्रम्पले उक्त घटनामा स्पष्टिकरण दिँदै उनीहरु आफुमाथि नभएर आफुसँगै हाँसेको बताए । संयुक्त राष्ट महासभामा हुने भाषण लिखित र पुर्व नियोजित हुन्छ । ट्रम्पले आफनो प्रशंसाले भरिएको भाषणमा अन्य कुनै पनि सरकारले भन्दा उनको सरकारले धेरै काम गरेको बताएपछि विश्वका अन्य दिग्गज नेताहरुले हाँसो रोक्न नसकेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्