पीपीएल टोलीका मार्की र मालिकको घोषणा



काठमाडौ, (नेस)
पोखरामा कार्तिक ९ गतेदेखि २० गतेसम्म चल्ने पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताका लागि टोली मालिक र मार्की खेलाडी छनोट भएका छन् ।

बिहीबार क्विन्स इभेन्टस् म्यानेजमेन्ट प्रालिले सहभागि फ्रेन्चचाइज टोली र मार्की खेलाडीको घोषणा गरेको हो । पहिलो पटक पोखरा रंगशालामा हुन लागेको पीपीएलमा विराटनगर टाईटन्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज, चितवन राइनोज, काठमाडौ रोयल्स र बुटवल ब्लास्टर गरी ६ टोलीले सहभागिता जनाउनेछन् ।

पारस लुनिया मालिक रहेको विराटनगरमा मार्की खेलाडी सन्दीप लामिछाने, राहुल महरा मालिक रहेको चितवनमा मार्की खेलाडी पारस खड्का, विनायक पोखरेल मालिक रहेको पोखरा पल्टनमा सरद भेषवाकर मार्की खेलाडीमा छनोट भएका छन् । त्यस्तै राज्य लक्ष्मी गोल्छा मालिक बनेको काठमाडौंले ज्ञानेन्द्र मल्ल मार्की खेलाडी पाएको छ । धनगढीका तोया नाथ अर्याल मालिकले दिपेन्द्रसिंह ऐरी तथा बुटवलका मालिक नरेश गौतमले सोमपाल कामीलाई मार्की खेलाडीमा चयन गरे ।

प्रतिक्रिया दिनुहोस्