मेगा बैंकको तीन वटा एटीम थप



काठमाडौं, (नेस) मेगा बैंक नेपालले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ ।

काठमाडांैको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीएम सेवा विस्तार गरिएको हो । यीसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।

मेगा बैंकले १०१ वटा शाखा, १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यसैबीच मेगा बैंकले पर्वतको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।

कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्