मालीमा आक्रमण, कम्तीमा १२ को मृत्यु



बामाको ।
पूर्वी मालीमा मङ्गलबार भएको आक्रमणमा परी तुआरेज समूदायका १२ सर्वसाधारण मारिएका छन् ।

यस क्षेत्रमा स्थानीय आदीवासी र जिहादी आतङ्ककारीबीच लामो समयदेखि द्वन्द्व जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यसवर्ष शुरुदेखि हालसम्म फुलानी र तुआरेङ आदीवासी समुदायका करीब २ सय व्यक्ति मारिएको उनीहरुको भनाई छ ।

सरकारी अधिकारीहरुका अनुसार यस प्रकारको आक्रमणहरुमा कुन समूहको हात रहेको हो सो भने प्रष्ट हुन सकेको छैन । आतङ्ककारी र आदीवासीबीचको विवादको परिणाम हो कि भन्ने पनि प्रष्ट नभएको समाचारमा जनाइएको छ ।

मेनाका प्रान्तबाट ४५ किलोमिटर पश्चिममा यो आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षा स्रोतले यस आक्रमणमा परी १२ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

तर अन्य सञ्चारमाध्यमले भने यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको समाचार सम्प्रेषण गरेका छन् । त्यहाँका पूर्व विद्रोही पार्टी ९एमएसए० ले प्रकाशन गरेको एक विज्ञप्तिअनुसार सशस्त्र रुपमा मोटरसाइकलमा आएका आक्रमणकारीले तुआरेज शिविरमा १७ सर्वसाधारणको हत्या गरेका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्