व्यापार संघद्वारा पर्यटन दिवसमा रक्तदान कार्यक्रम



सीताराम चौधरी, कपिलवस्तु ।
विश्व पर्यटन दिवसको अवसर पारी व्यापार संघ कपिलवस्तुले असोज ११ गते विहीबारका दिन रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमलाई सफल बनाउन रक्तदाता, संघसंस्थाहरुलाई पत्रचार, प्रचारप्रसार, व्यवस्थापन लगायतका कार्यलाई तीब्र पारेको छ । रक्तदान नै जीवनदान भएकाले रगतको आवश्यकतालाई थप टेवा दिन रक्तदान कार्यक्रम गर्न लागिएको व्यापार संघका अध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउन पर्यटन दिवसकै अवसर पारेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको पोखरेलले बताउनुभयो ।

जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा कार्यक्रम गर्ने तयारी गरिएको पोखरेलको भनाई छ । रगतको अभावमा छटपटाइरहेका जो कोही विरामीको ज्यान जोगाउनका लागि एक युनिट रगत दान गरी अनन्य पूण्य कमाउन रक्तदान गर्न इच्छुक सबै महानुभावलाई कार्यक्रममा उपस्थित भई रक्तदान गर्न पोखरेलले आग्रह समेत गर्नुभएको छ । कार्यक्रम विहीबार विहान ९ बजेदेखि शुरु हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्