मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको निरिक्षण



चितवन ।
प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला कारागार चितवनको आकस्मिक निरिक्षण गरेका छन् । कारागार निरिक्षण संगै उनले कारागारमा भएका समस्या र कैदीबन्दीको विषयमा जानकारी लिएका छन् । कैदीबन्दीले कारागारमा भएका समस्या का विषमा मन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनिहरुले कैदीबन्दीको चाप ब्यवस्थापन,विरामी कैदिबन्दीको छुट्टै कक्ष निर्माण,ढल ब्यवस्थापन,डुवान समस्या लगाएतका समस्या रहेको बताएका छन् ।

प्रदेशका सबै कारागारको अवस्था दयनिय रहेकोले भौतिक सुधार गरेर मात्रै नहुने भन्दै नीतिगत रुपमा सुधार गरिने मन्त्री जम्मरकट्टेलले बताए । “अपराधको वर्गिकरण गर्नुपर्छ,उनले भने’, कुन बन्दीलाई जेलमा राख्ने, कुनलाई तारिख र धरौटीमा छुटाउने,सबै जेलमा राख्न मिल्ने हुन कि होइनन्,त्यो स्पष्ट रुपमा कानुन बनाएर छुट्टाउनु पर्छ ।” कैदिबन्दीका नाममा राज्यले हजारौंलाई भरणपोषण गरिरहेको भन्दै उनले यसलाई ब्यवस्थापन गरे ब्ययभार कम हुने बताए । जेलमा मान्छे थुपारेर मात्रै समस्या समाधान नहुने मन्त्री जम्मरकट्टेलको तर्क छ ।

संघिय सरकारले कारागारलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने चरणमा रहेको भन्दै उनले दिर्घकालिन समस्या समाधानको उपाय खोजिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्