रौतहट बासिन्दाबीच झडप, प्रहरीद्धारा २० राउण्ड हवाई फायर



रौतहट ।
रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय बासिन्दाबीच झडप भएको छ । झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् ।

गरुडाको बाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय बासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।
झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्