संसद बैठक भोलिबाट सकिँदै



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रतिनिधिसभा एवंम राष्ट्रियसभा बैठक असोज ११ गते सकिने भएको छ । संसदिय दलका नेताहरुको समन्वयमा भोलि प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो बैठक भोलि सकिने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतितिधिसभा बैठक एवंम राष्ट्रियसभा बैठक गत बैशाख २३ गते शु्रु भएको थियो ।

त्यसभन्दा अगाडी पहिलो बैठक भने फागुन २१ गते शुरु भएर चैत २० गते सकिएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्