अज्ञात रोगले धानबाली नष्ट, मारमा किसान



कालीवहादुर मल्ल, कालिकोट ।
यहाँ जिल्लाको खाडाचक्र नगरपालिका ताडी गाउँमा धान भित्र्याउने समय नजिकिँदा धानवाली सुकेर नष्ट भएपछि किसानहरु निराश भएका छन् । अज्ञात रोगका कारण धानका बाला जराबाट बोट नै सुक्न थालेपछि उनीहरू निराश बनेका हुन् ।

धानको जिउलोभरी धानका बाला सुक्ने समस्या देखिएको किसानले स्थानी किसान बसन्ती विकले वताइन  । ‘बाला सुकेको छ, विस्तारै तर पात सुक्न लागेको छ । भित्र्याउन नपाउँदै खेतमै पराल भइसक्यो,’ ताडी गाउकी किसान वसन्तीले गुनासो गरिन ।

उनका अनुसार धानको बालार पात सुक्दै गएको छ कुन रोग हो भनने थाहै छैन । दिन प्रतिदिन धानखेत सखापै भएको उनको भनाइ छ । उनले धान खेतको जिउलोनै नष्ट भएको बताइन ।

अर्का किसान रुप आचार्यले ४० पाथी खेतमा भएको धानबालीमा रोग लागेर नष्ट भएको बताए । ‘खेतको बीच–बीचमा धान सुक्ने समस्या देखिएको छ,’ उनले भने । सुकेको धानलाई काटेर फाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

दशैंको मुखमा पाक्न लागेको धानवाली सुक्न थालेपछि किसानहरु चिन्तित देखिएका छन ।

धानवालीमा के रोग लागेको हो किसानहरुले प्रविधिकहरुसँग जानकारी नगराएकाले आफूहरुलाई थहा नभएको र जानकारी पाएमा प्रविधिक खटाउने खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख भक्तिराम शर्माले बताए । समयमै किसानहरुले जानकारी गराएर निदान नभए धानखेतीमा झन् समस्या निम्तिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्