एक महिना देखी अवरुद्ध बिद्युत सुचारु



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ मा रहेको साँख खोला लघु जलबिद्युत योजनाको बिद्युत सेवा पहिरो कारण अवरुद्ध भएको एक महिना पछि सुचारु भएको छ ।

पहिरोका कारण गत भदौ १ गते अवरुद्ध भएको बिद्युत सेवा सुचारु गर्नका लागी सो उपभोक्ता समितीका अध्यक्ष जगतबहादुर खड्काको सक्रियतामा स्थानीयले श्रमदान गरेका थिए । ९० हजार बराबरको पलाष्टीक र दैनिक ८० जनाले ५ दिन सम्म गरेको श्रमदानपछि बिद्युत बाल्न सफल भएको उपभोक्ता समितीले जनाएको छ ।

हाललाई अस्थायी रुपमा बिद्युत सुचारु गरिएको र स्थायी रुपमा पक्की नहर निर्माण गरी व्यवस्थित बनाउनका लागी बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्रमा सहयोग माग गरिएको सो लघु जलबिद्युत उपभोक्ता समितीका अध्यक्ष जगतबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार प्राबिधिकले क्षतिको सबै विवरण संकलन गरेको र स्थायी रुपमा संचालनका लागी करिव ६१ लाख रकम लाग्ने अनुमान गरिएको छ ।

त्यसका लागी प्राबिधिकको रिपोर्ट सहित बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्रमा माग गरिएको छ । उपभोक्ता समितीका अध्यक्ष खड्काले बिशेष पहल तथा सक्रियता देखाई बिद्युत सुचारु गर्न सफल हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्