पुनमको अर्को हरकत



बलिउडकी मोडल पुनम पाण्डे आफ्ना विभिन्न अश्लिल हर्कतका कारण सधैंजसो चर्चामा रहन्छिन्। प्रायः सामाजिक सञ्जालमा उत्तेजक तस्वीर पोस्ट गरेर हंगामा मच्चाइरहने पुनमले फेरि अर्को हर्कत मच्चाएकी छिन्।

भारत र पाकिस्तानबीचको क्रिकेट खेल चलिरहेको समयमा उनले आफ्नो एक अर्धनग्न फोटो ट्विटरमा राख्दै भारत र पाकिस्तानको खेल हेर्न तयार रहन फ्यानलाई आग्रह गरेकी छिन्। उनले फोटो क्याप्सनमा ‘अब आउँछ वास्तविक मज्जा। के तपार्इं सबै तयार हुनुहुन्छ?’ लेखेकी छिन्। तस्वीरमा पुनमले शरीरमा एउटा टि–सर्ट मात्र लगाएकी छिन् भने तल्लो भागमा कुनै कपडा लगाएकी छैनन्। उनको यो सेमी न्युड फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्