शान्ति र पर्यटनका लागि म्युजिक भिडियो



शान्ति तथा पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले द भ्याली अफ लाइट शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको म्युजिक भिडियो हालै एक कार्यक्रमबीच युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले सार्वजनिक गरेका हुन्। म्युजिक भिडियो सार्वजनिक गर्दै र राजदूतकोडीले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि यो गीत एउटा उत्कृष्ट माध्यम हुने चर्चा गरे भने बोर्डका कार्यकारी प्रमुख जोशीले यो एउटा संगीत मात्रै नभएर निकै सह्रानीय उद्देश्यका लागि सिर्जना गरिएकोले नेपालमा शान्ति तथा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने बताए।

६ मिनेट ३० सेकन्ड अवधिको गीतमा नेपाली मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, रवीन तामाङ, कुन्ति मोक्तान, इन्दिरा जोशीका साथमा क्यानेडियन कलाकार ताहिर कबालसहित केही विदेशी कलाकारले समेत स्वर दिएका छन्। गीतमा नेपाली बालबालिका र भारतको एआर रहेमान संगीत विद्यालय चेन्नईका विद्यार्थीको समेत स्वर रहेको छ। रञ्जन झाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन मिरा अरदले गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्